२१ मंसिर २०७९, बुधबार

Logo

लकडाउन मोड ल्याउने एप्पलको घोषणा, के हो यसको काम ?



२३ असार, एजेन्सी । एप्पलले उच्च जोखिममा रहेका प्रयोगकर्ताहरूलाई स्पाइवेयर साइबर हमलाहरूबाट जोगाउन नयाँ सुरक्षा सुविधा लकडाउन मोडको घोषणा गरेको छ।

लकडाउन मोड २०२३ तिर कम्पनीका सबै आईफोन, आईप्याड र म्याकहरूमा अर्को अपरेटिङ सिस्टमको साथ उपलब्ध हुने बताइएको छ।

उक्त सेटिङले निश्चित फन्सन रोक्ने र अज्ञात प्रयोगकर्ताहरूलाई कल गर्नबाट रोक्ने बताइएको छ। अभियानकर्ता, राजनीतिज्ञ र पत्रकारहरूको स्वामित्वमा रहेको एप्पल उपकरणहरू स्पाइवेयरबाट संक्रमित भएपछि एप्पलले यो सुविधा ल्याउने बताएको हो।

एप्पलले हाल इजरायली स्पाइवेयर फर्म एनएसओ समूहलाई यसको शक्तिशाली पेगासस स्पाइवेयरद्वारा १५० विभिन्न देशहरूमा पीडितहरूलाई लक्षित गरेको आरोप लगाउँदै मुद्दा हाल्दैछ।

यस फर्मको सफ्टवेयरले आईफोन र एन्ड्रोइडका अपरेटरहरूलाई सन्देश, फोटो, इमेल निकाल्न, कलहरू रेकर्ड गर्न र गोप्य रूपमा माइक्रोफोन र क्यामेराहरू सक्रिय गर्न अनुमति दिने बताइएको छ।

एनएसओ समूहले भने यसका उपकरणहरू आतंकवादी र अपराधीहरूलाई लक्षित गर्न बनाइएको र यसले राम्रो मानव अधिकार रेकर्ड भएका देशहरूका सेना, कानून प्रवर्तन र गुप्तचर एजेन्सीहरूलाई मात्र पेगासस आपूर्ति गर्ने दाबी गरेको छ।

गत जुलाइमा गोप्य सुचनाहरू सुरक्षित नभएको पाइएपछि एप्पलको आलोचना भएको थियो। त्यसपछि एप्पलले पेगासस वर्षाैदेखि गरिरहेको जासुसी रोक्नका लागि सबै डिभाइसहरूका लागि सफ्टवेयर अपडेट ल्याएको थियो।

अब, एप्पलले सार्वजनिक गर्न लागेको लकडाउन मोडले प्रयोगकर्ताहरूको सुरक्षालाई ध्यानमा राख्दै स्पाइवेयरहरूबाट बचाउने दाबी गरिएको छ।


१९ मंसिर, काठमाडाैँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले आइतबार ठूलो परिमाणमा महँगा फोनहरू बरामद

१८ मंसिर, एजेन्सी। हृदय रोग विश्वव्यापी मृत्युको प्रमुख कारण हो । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का

१८ मंसिर, एजेन्सी। एप्पलले हालैक सातामा आफ्नो केही उत्पादन चीन बाहिर सार्न र आपूर्तिकर्ताहरूलाई

१८ मंसिर, काठमाडाैँ। नेपाल विद्युत् प्राधिकरणको पोलमा अव्यवस्थित तरिकाले तानिएका र प्रयोगमा नरहेका तार