© 2021-2024
२४ असार, एजेन्सी । क्रिप्टोकरेन्सीको सबैभन्दा ठूलो एक्सचेन्ज बाइनान्सले नयाँ चिफ फाइनान्सियल अफिसर नियुक्त गरेको छ। पेपल होल्डिङ्सकी पूर्व कार्यकारी अधिकृत जस्मिन ली बिहीबार बाइनान्सको चिफ फाइनाक्सियल अफिसरमा नियुक्त भएकी हुन्।
यसभन्दा अघि उनले इन्भेस्टमेन्ट कम्पनी एक्रोन्समा चिफ फाइनान्सियल अफिसर र पेपलमा कार्यकारी अधिकृतको रूपमा काम गरेकी थिइन्।
उनी अहिले विश्वका अधिकांश सेन्ट्रल बैंकहरूले ब्याजदर बढाइरहेको र क्रिप्टोकरेन्सीको मूल्य घटिरहेको अवस्थामा बाइनान्ससँग जोडिएकी छिन्। यसलाई महत्वपूर्ण रूपमा हेरिएको छ।
२०१७ मा स्थापना भएको बाइनान्स करीब ५ वर्षमा नै विश्वकै सबैभन्दा ठूलो क्रिप्टो एक्सचेन्जर भइसकेको छ।