१२ मंसिर २०७९, सोमबार

Logo

‘गत वर्ष नै जुम्ल्याहा सन्तानका पीता भएका थिए एलन मस्क’



२४ असार, एजेन्सी । एलन मस्कको पछिल्लो ट्वीटले उनको टेक्नोलोजी कम्पनी न्यूरालिंककी कार्यकारी शिवोन जिलिससँग २०२१ को अन्तमा जुम्ल्याहा बच्चा भएको हिन्ट दिएको छ।

टेस्लाका प्रमुख कार्यकारीले भर्खरै प्रेमिका तथा इलेक्ट्रोनिक कलाकार ग्रिम्ससँग दोस्रो बच्चा जन्माएको हिन्ट दिएको हो।

बुधबारका रिपोर्टको दावी  अनुसार मस्कको नोभेम्बर २०२१ मा ३६ वर्षीया जिलिसको कोखबाट जुम्ल्याहा बच्चा जन्मिएका छन्।

यो रिपोर्टमा मस्कले बिहीबार ट्वीट मार्फत उनी कम जनसंख्याको संकटलाई मद्दत गर्न सक्दो प्रयास गरिरहेको प्रतिक्रिया दिएका छन्। उनले विश्वमा घट्दो जनसंख्या वृद्धिदर खरतापूैण भएको पनि उल्लेख गरेका छन्।

मस्क रजिलिसबाट जन्मेका जुम्ल्याहाहरू उनका दोस्रो सेट हुनेछन्। यसअघि पूर्व पत्नी जस्टिन विल्सनसँग जुम्ल्याहा सहित तीन बच्चाहरू जन्मेका थिए।

एलोन मस्क धेरै कम्पनीहरू चलाउनका लागि परिचित छन्। तर उनको व्यक्तिगत जीवन पनि जटिल छ। अहिलेसम्म उनका सात सन्तान रहेको बताइएको छ।

उनको निजी जीवन सधैं गोप्य भने रहँदैन। पहिले एम्बर हर्डसँग डेट गरिसकेका एलनका पप स्टार ग्रिम्स तर्फका दुई छोराछोरी जन्मेका छन्।

सामान्यतया उनी अव्यवस्थित निजी जीवनलाई उनको व्यापार व्यवसायबाट अलग राख्न भने सफल देखिएका छन्।


१२ मंसिर, काठमाडाैँ। नेपाल स्थित अमेरिकी राजदूतावासले अमेरिकी फोटोग्राफर कितिया पावलोस्कीले सगरमाथा क्षेत्रमा खिचेका

११ मंसिर, काठमाडाैँ। आगामी माघदेखि मदिरा, चुरोट, गुट्खा र सुर्ती उद्योगले अनिवार्यरुपमा विद्युतीय बीजक

१० मंसिर, एजेन्सी। विद्युतीय कार निर्माता कम्पनी टेस्लाले सिट बेल्टको सम्भावित सुरक्षा जोखिमका कारण चीनबाट

१० मंसिर, काठमाडाैँ। गुगल म्यापले नेपाली सडकमा पनि ट्राफिकको अवस्थाबारे रियल टाइममा जानकारी दिन