२४ असार, काठमाडाैँ । ‘मेरो सेयर’ एप आईओएसमा पनि उपलब्ध हुने भएको छ । केन्द्रीय निक्षेप प्रणाली (सिडिएससी) ले सञ्चालनमा ल्याएको यो एप अब एप्पल डिभाइसमा पनि चलाउन सकिने भएको हो।
सिडिएससीका अनुसार नयाँ आर्थिक वर्षबाट एप्पलका प्रयोगकर्ताले पनि डाउनलोड गर्न मिल्ने गरी आईओएसमार्फत उक्त एप उपलब्ध हुनेछ।
एन्ड्रोइड मोबाइल प्रयोगकर्ताका लागि उक्त एप यसअघि नै सञ्चालनमा आइसकेको छ। उक्त एप प्रयोग गर्न वञ्चित भएका एप्पलका प्रयोगकर्तालाई मध्यनजर गर्दै सिडिएससीले एप्पलका प्रयोगकर्ताका लागि पनि उक्त एप उपलब्ध गराउन लागेको हो।