२४ असार, एजेन्सी । ट्वीटरले एकै दिन १० लाखभन्दा बढी स्पाम अकाउन्ट बन्द गरेको दाबी गरेको छ। बिहीबार पत्रकारहरूसँगको अन्तर्क्रियामा ट्वीटरले प्रत्येक दिन १० लाख स्पाम अकाउन्ट बन्द गर्ने दाबी गरेको हो।
त्यो संख्या सीईओ पराग अग्रवालले मे ट्विटर थ्रेडमा भनेका भन्दा दोब्बर हो।
पछिल्ला महिनामा स्पाम अकाउन्ट र ट्वीटरले तिनलाई कसरी नियन्त्रण गर्छ भन्ने प्रमुख विषय बनेको छ। स्पाम अकाउन्ट नियन्त्रण गर्न असमर्थ रहने ट्वीटर नकिन्ने धम्की एलन मस्कले दिएपछि ट्वीटर व्यापक रूपमा यसको समाधान गर्न लागिरहेको छ।
एलन मस्कले अप्रिलमा ट्वीटरलाई ४४ अर्ब डलरमा खरिद गर्ने सम्झौता गरेका थिए । स्पाम अकाउन्टको विषयलाई लिएर अहिले एलन मस्कले ट्वीटर खरीद प्रक्रिया होल्डमा राखेका छन्।