२४ असार, काठमाडाैँ । एनसेलले ‘डबल मजा प्याक’ योजना सार्वजनिक गरेको छ। यस योजना अन्तर्गत ग्राहकहरूले १२५ रूपैयाँ पर्ने डेटा पुनः खरिद गरि सुलभ मूल्यमा इन्टरनेट चलाउन पाउने भएका छन्।
यसरी पुनः खरिद गरिएको डेटाको भोल्युम दोब्बर हुने एनसेल आजियाटा लिमिटेडले जानकारी दिएको छ।
सरल भाषामा भन्नुपर्दा अब एनसेलका ग्राहकहरूले १२५ रूपैयाँमा १० जिबी डेटाको मज्जा लिन सक्नेछन्। यसका लागि ग्राहकले एक हप्ताका लागि मान्य हुनेगरी १२५ रूपैयाँमा फाइभजी डबल मज्जा प्याक खरिद गर्नुपर्नेछ।
त्यसपछी उक्त डेटाको समाप्ति अवधि नसकिँदै त्यही प्याक खरिद गरी सोही शुल्कमा थप ५ जिबी डेटा पाउनेछन्। यसो गर्दा ग्राहकको डेटा भोल्युम १० जिबी थप भइ बाँकी रहेकोसँग जोडिनेछ। यसरी थप गरिँदै लगिएको डेटाको समयावधि अधिकतम २८ दिनसम्म रहनेछ।
उदाहरणका लागि कुनै ग्राहकले पहिलो प्याक खरिद गरेको चाैथो दिनमा ४ जिबी डेटा सक्काएर सोही योजना अन्तर्गत डेटा खरिद गर्यो भने १२५ रूपैयाँमा उसले १० जिबी डेटा पाउँछ। यो डेटा पहिलो खरिद गरेको टेडासँग जोडिएर १३ जिबी हुन्छ भने १० दिनसम्म उक्त डेटा प्रयोग गर्न सकिन्छ।
यो अफर आजबाट लागु भएको छ। अब एनसेलका ग्राहकले *17123*22# डायल गरेर वा इसेवा, खल्ती, आइएमइपे र एनसेल एप तथा वेभसाइटमार्फत यो प्याक खरिद गर्न सक्नेछन्।