२५ असार, काठमाडाैँ । अमेरिकी टेलिभिजन नेटवर्कले जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको मृत्युबारेको सामग्रीमा दक्षिण कोरियाको झण्डा प्रयोग गरेको छ। एनसिबीले एउटा जापानको सन्दर्भमा कोरियाको झण्डा देखाएपछि नेटवर्कको आलोचना सुरू भएको छ।
एनबिसी टुेडो सोमा रिपोर्टरहरूले आबेको मृत्युबारे छलफल गरिरहँदा भिडियो फुटेज भने कोरियाको देखाइएको हो।
‘बन्दुक हिंसा जापानमा असाधारण रूपमा दुर्लभ छ’ उक्त शोको छलफलमा रिपोर्टरले भनेका छन्।
जापानका पूर्वप्रधानमन्त्री शुक्रबार राजनैतिक भाषणका क्रममा गोली हानि हत्या भएको थियो। एनबिसीको उक्त गल्तीपछि उक्ट टेलिभिजनको आलोचना सुरू भएको छ।