Trending:

नेपाल टेलिकमको अवरुद्ध सेवा पुनः सञ्चालनमा सोलिडकोर ब्याट्री र हाइब्रिड प्लस प्रविधिबाट एमजीका विद्युतीय कार अझ छिटा र स्मार्ट बन्दै महान्यायाधिवक्ता कार्यालयको निर्णय– इन्टरनेट सेवामा थप शुल्क नलाग्ने यामाहाद्वारा अर्को पुस्ताका लागि तयार नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक AI को प्रभाव: विश्वभर रोजगारीको स्वरूप बदलिँदै एप्पलको सस्तो ‘MacBook Neo’ सार्वजनिक, नेपालमा कस्तो प्रभाव पर्ला ? AI Agents: IT कम्पनीहरूको नयाँ आकर्षण वीरगञ्ज र जनकपुरमा दुई नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आइएमई र साउदीको अग्रणी डिजिटल वालेट TIQMO बीच डिजिटल कारोबार विस्तारको सम्झौता ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपमार्फत आईपीओ भर्ने सुविधा, लाइभ मार्केट अपडेट स्कोडा किलाक: तपाईंको प्रियजनका लागि नयाँ सेफ्टी बेन्चमार्क नेपाल टेलिकमको १८औँ वार्षिक साधारणसभा सम्पन्न, प्रतिशेयर ३० रुपैयाँ नगद लाभांश स्वीकृत ग्लोबल आइएमई बैंकद्वारा १९औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना, ५५८ जनाको सहभागिता सिप्रदी ट्रेडिङद्वारा टाटा ईभीका लागि ‘विन्टर इभी सर्भिस एन्ड एक्सचेन्ज क्याम्प’ घोषणा एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का विवाद के हो, किन भयो स्थगित? एनसेलको ‘एनपीएल प्ले प्याक’मा डिशहोम गो एपमार्फत एनपीएल दोस्रो संस्करणका खेलहरू लाइभ हेर्न पाइने सुविधा नयाँ कन्ट्रोल सुविधा र शैक्षिक पहलसँगै टिकटकद्वारा एआइ पारदर्शिता थप विस्तार ईभीको विस्तार र ग्राहक सन्तुष्टिका लागि एमएडब्लू वृद्धिले पायो फेरि नयाँ उपलब्धी डिशहोम गो एपबाट ३०० रुपैयाँमा एनपीएलको सबै खेल हेर्न सकिने ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी टुल्स देशभरको सञ्चार सेवा र इन्टरनेट गुणस्तर सुधार्न नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने चिनियाँ ईभी निर्माता सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी बल्ब पोस्टपेड प्रयोगकर्ताका लागि टेलिकमको नयाँ सजिलो अनलिमिटेड प्याकेज सामसङ नेपालद्वारा ‘तिहारको मुड, सबै गुड!’ अफर सार्वजनिक: क्यासब्याक र बम्पर उपहारको वर्षा अब एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने एमएडब्लु वृद्धिले आउँदो शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’
अपडेट

छिनछिनमा बिग्रिन्छन् भैरहवाको ट्राफिक बत्ती

छिनछिनमा बिग्रिन्छन् भैरहवाको ट्राफिक बत्ती
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

२६ असार, भैरहवा । यातायातको चाप बढ्दै गएपछि भैरहवा क्षेत्रमा जडान गरिएको ट्राफिक बत्ती प्रायः बिग्रिँदा समस्या परेको छ । जडान गरेको छ महिना नपुग्दै दर्जनौँपटक बिग्रिएपछि ट्राफिक प्रहरीलाई समेत समस्या पारेको हो ।

आर्थिक वर्ष २०७८\७९ मा सिद्धार्थनगर नगरपालिकाको विनियोजित रु ४० लाख रकमबाट जडान गरिएको ट्राफिक बत्तीमा गुणस्तरीयता नहुँदा पटक–पटक समस्या आएको स्थानीयवासीको गुनासो छ । नगरपालिकाको मुख्य भीडभाड हुने देवकोटाचोक र बुद्धचोकमा राखिएका यी ट्राफिक बत्ती सामान्य हावाहुरी तथा पानी पर्दासमेत बन्द हुने गरेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रि«य विमानस्थल, महामानव गौतमबुद्धको जन्मस्थान लुम्बिनी प्रवेश गर्ने मुख्य मार्गमा राखिएका ट्राफिक बत्ती प्रायः बन्द भइराख्दा यात्रुसमेत अलमलमा पर्ने गरेका छन् । ट्राफिक व्यवस्थापनलाई सहज र सरल बनाउन राखिएका यी ट्राफिक बत्ती जडान गरेको समयदेखि नै बन्द हुन थालेपछि यसको कमजोरी पत्ता लगाउने प्रयास भइरहेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक योगेन्द्र थापाले जानकारी दिए ।

जिल्लाको तिलोत्तमा नगर क्षेत्र पर्ने सडकमा जडान गरिएका ट्राफिक बत्तीमा कम समस्या देखिए पनि सिद्धार्थनगरमा जडान गरिएका दुई स्थानका ट्राफिक बत्तीमा बढी समस्या आएको उपरीक्षक थापाले बताए । ट्राफिक बत्ती राखिए पनि कहिले बल्ने र कहिले बन्द हुने गर्दा सडक झन् अस्तव्यस्त बनेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी निरीक्षक केशव केसीले सामान्य अवस्थामा पनि बुद्धचोक र देवकोटा चोकमा जडान गरिएका ट्राफिक बत्ती बिग्रिने गरेको बताए । उनले ट्राफिक बत्तीको जडान तथा मर्मत सबै नगरपालिकाबाट हुने भएकाले ट्राफिक प्रहरी व्यवस्थापनको जिम्मामा मात्र रहेको जानकारी दिए ।

नगरमा सडक ट्राफिक व्यवस्थापन सहज बनाउन र ट्राफिक प्रहरीलाई नयाँ प्रविधिको विकास गराउनका लागि नगरपालिकाले ट्राफिक बत्ती जडान गर्न सुुरु गरेको सिद्धार्थनगर नगरपालिकाले जनाएको छ । जडान गरिएका ट्राफिक बत्ती कन्ट्र«ोल प्यानलको दूरीदेखि टाढा भएका कारण तार हल्लिएर बारम्बार बिग्रिने गरेको नगरपालिकाका योजना प्रमुख जीवन अर्यालले जानकारी दिए । ट्राफिक बत्ती बिग्रिए पनि मर्मतको जिम्मा सप्लायर्सकै भएकाले बिग्रिनासाथ मर्मत हुने गरेको अर्यालले बनाए ।

क्युसेरा मल्टिप्रपोज प्रालिले जडान गरेको ट्राफिक बत्तीको मर्मतको जिम्मा पनि उक्त प्रालिलाई छ । पछिल्लो समय बढ्दै गएको सवारी सङ्ख्याका कारण रुपन्देहीका व्यस्त सडकमा ट्राफिक बत्ती जडानको माग उच्च रहे पनि जडान गरेका बत्ती बारम्बार ब्रिग्रिन थाले पनि ट्राफिक प्रहरीलाई चिन्ता पारेको छ ।

सडक व्यवस्थित, चुस्त र सहज भएमा दुर्घटना पनि कमी आउने अपेक्षाका साथ राखिएका यी ट्राफिक बत्तीले कम जनशक्तिका साथ प्रभावकारी नतिजा दिने अपेक्षा गरिए पनि पूरा हुन गाह्रो देखिएको छ । नेपालमा विसं २०२३ मा सुरु भएको ट्राफिक बत्ती जडानको इतिहास लामो भए पनि व्यवस्थित नहुँदा समस्या परेको छ ।

ट्राफिक प्रहरीलाई प्रविधियुक्त, सडक दुर्घटना न्यूनीकरण र सडक व्यवस्थापन गराउनका लागि उपत्यकाबाट सुरु भएको यो ट्राफिक बत्ती जडान रुपन्देही र कास्कीमा विस्तार गरिएको छ । अन्य सहरी क्षेत्रमा यसको विस्तारका लागि ट्राफिक प्रहरीले अभियान सञ्चालन गरेको तर बारम्बार बिग्रिने समस्याका कारण भने ट्राफिक प्रहरीलाई हैरान बनाएको देखिन्छ । यसको दीर्घकालीन सोच र गुणस्तरीय प्रविधिमा ध्यान दिए यस्ता समस्या बिरलै आउने प्राविधिक बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?