२६ असार, एजेन्सी । रूसमा चिनियाँ मोबाइल कम्पनीहरूको ब्रिक्री बढेको छ। एप्पल र सामसुङले बजार छोडेपछि चिनियाँ ब्राण्डका मोबाइलको बिक्री रसियन बजारमा तीव्र रूपमा बढेको हो।
अहिले व्यापार वृद्धिदरलार्इ हेर्दा अबको केही समयमा नै रूसका चिनियाँ ब्राण्डका मोबाइलको हिस्सा ९० प्रतिशतभन्दा माथि हुने विज्ञहरूले अनुमान गरेका छन्।
बिबिके इलेक्ट्रोनिक्सको उत्पादन रियलमीले २०२२ को सुरूवाती ६ महिनामा रूसमा ११ लाख स्मार्टफोन बिक्री गरेको पाइएको छ। गत वर्ष यो कम्पनीले रूसमा जम्मा ४ लाख ९८ हजार सेट स्मार्टफोन बिक्री गरेको थियो।
त्यस्तै, अर्को चिनियाँ ब्राण्ड साओमीले यो वर्षको सुरूवाती छ महिनामा पछिल्लो वर्षको तुलनामा १६ प्रतिशत बढी स्मार्टफोन रूसमा बेचेको पाइएको छ। त्यसैगरी, फिनल्याण्डको कम्पनी नोकियाले पनि पछिल्लो वर्षको तुलनामा यस वर्ष रूसमा ४० प्रतिशत बढी स्मार्टफोन बिक्री गरेको छ।
रूसले युक्रेनमा अाक्रमण गरेपछि त्यसको विरोध स्वरूप एप्पल र सामसुङ रूसी बजारबाट बाहिरिँदा त्यसको प्रत्यक्ष फाइदा चिनियाँ ब्राण्डले उठाइरहेका छन्।