२६ असार, काठमाडाैँ । प्रभु क्यापिटलले मोबाइल एप सञ्चालन गरेको छ। क्यापिटलका सेवाहरू छिटो र छरितो गर्न ग्राहकलाई सजिलो बनाउने उद्देश्यले एप सञ्चालनमा ल्याइएको जानकारी दिइएको छ।
कम्पनिका अनुसार अब ग्राकहकरूले मोबाइलबाटै हितग्राही खाता र मेरो सेयर अनलाइन सेवाका लागि आवेदन दिन सक्नेछन्।
कम्पनिले दिएको जानकारी अनुसार भिडियो केवाईसी गर्न, हितग्राही खाताका विवरण परिवर्तनका लागि निवेदन दिन, हितग्राही खाता तथा मेरो सेयरको नवीकरणा शुल्क भुक्तानी गर्न, मेरो सेयरको पासवर्ड परिवर्तन गर्न निवेदन र हितग्राही खाताको स्टेटमेन्ट माग गर्न उक्त एपबाट थप सहज हुने भएको छ।
एपमार्फत नेपाल स्टक एक्सचेन्जमा कारोबार हुने कम्पनीको कारोबारको विवरण तथा विभिन्न परिसूचकको अवस्था पनि हेर्न सकिनेछ।