२८ असार, एजेन्सी । विश्वकै धनी व्यक्ति एलन मस्कले ट्वीटर खरिद नगर्ने बताइएका छन्। केही हप्ता अघिसम्म किन्ने निर्णय गरेर मूल्य समेत तय गरिसकेता पनि शनिबार मस्कले ट्वीटर खरिद नगर्ने बताए।
एलन मस्कले ४४ अर्ब डलरमा ट्वीटर खरिद गर्ने तयारी गरेका भएता पनि अब उनी यो कदमबाट पछि हटिसकेका छन्। उनको यो कदमसँगै चर्चित सामाजिक सञ्जाल र मस्कबीच ठूलो कानुनी लडाइँ हुने भएको छ।
यो लडाइ प्रतिष्ठासँगै पैसाको हिसाबमा पनि ठूलो हुने अनुमान छ।
ट्वीटरले सम्झाैतामा भएका शर्तहरू पुरा नगरेका कारण ट्वीटर खरिद् नगर्ने मस्कले बताएका छन्। तर, उनले यो अभिव्यक्त प्रमाणित गर्न नसकेको अवस्थामा १ अर्ब डलरसम्म जरिबाना तिर्नु पर्ने बताइएको छ।
यद्यपि केही कानुनी विज्ञहरू भने दुबै पक्षहरू सम्झौतामा पुग्नेछन् विश्वास गरिरहेका छन्। यदी उनीहरू सम्झाैताको अवस्थामा पुगे मस्कलाई आफूले नचाहेको कम्पनी किन्न बाध्य हुनबाट जोगाउन र ट्विटरको मनोबल र सेयरको मूल्य घटाउन रोक्न सकिने उनीहरूको तर्क छ।