२८ असार, काठमाडाैँ । एनआईसी एशिया बैंकका ग्राहकले बैंक नगइकनै पैसा आफ्नो खातामा जम्मा गर्न सक्ने भएका छन्। एनआईसी एशिया बैंकले क्यास रिसाइकलर सेवाको शुभारम्भ गरेसँगै उक्त बैंकका ग्राहक लाभान्वित भएका हुन्।
अब आफ्नो डेबिट कार्ड वा खातामा पैसा जम्मा गर्नका लागि लाइन बसेर समय खेर फाल्नुपर्ने अवस्थाको पनि अन्त्य हुन सुरू भएको छ।
मेसिनबाट रू. १,००० र रू. ५०० दरका नोटहरू मात्र जम्मा गर्न मिल्ने व्यवस्था छ। एक जनाको खातामा एक दिन ९९ हजार ५०० मात्र जम्मा गर्न सकिनेछ।
ले अब नगद रकम सोझै मेसिनबाट जम्मा गर्न सकिने क्यास रिसाइकलर सेवाको शुभारम्भ गरेको छ । यस सेवा अन्तर्गत बैंकमा गई कुनै भौतिक फारम बिना नै ग्राहकले केबल आफ्नो डेबिट कार्ड वा खाता नम्बरको आधारमा मेसिनबाट सोझै रकम जम्मा गर्न सक्ने छन् ।
क्यास रिसाइकलर मेसिनमा डेबिट कार्ड राखेर एटिएम पिन कोड राखेपछि वा खाता नम्बर उल्लेख गरेपछि मेसिनमा रहेको रकम जम्मा गर्ने बक्स खुल्नेछ। बैंकद्वारा जारी विज्ञप्तीमा बक्समा पैसा राखेपछि मेसिनले सो रकम गनेर खातामा तत्काल खातामा जम्मा गरिदिने उल्लेख गरिएको छ।
अहिले एनआईसी एशिया बैंकको कर्पोरेट अफिस थापाथलीमा मात्रै यो सुविधा उपलब्ध छ। छिट्टै यस्तो मेसिन थप गरिने बैंकले जानकारी दिएको छ।