२८ असार, एजेन्सी । ट्वीटरले सबै डिभाइसहरूमा ‘अनमेन्सनिङ’ फिचर सार्वजनिक भएको घोषणा गरेको छ। गत अप्रिलदेखि परीक्षण गरिरहेको यो फिचर ट्वीटरले ३ महिनापछि पूर्ण रूपमा सार्वजनिक गरेको हो।
यो फिचरले प्रयोगकर्ताहरू सहभागी हुन नचाहेको कुराकानीबाट बाहिरिन अनुमति दिने बताएको छ।
‘कहिलेकाँही तपाई आफैलाई बाहिर हेर्न चाहानुहुन्छ। तपाईंका मेन्सनहरू नियन्त्रण गर्नुहोस् र कुराकानी छोड्नुहोस्।’ ट्वीटरले भनेको छ।
सबै प्रयोगकर्ताहरूले अब ट्विटको छेउमा रहेको तीन-डट मेनुबाट ‘get you out of this conversation’ छनाैट गर्न सक्नेछन्। यसबाट प्रयोकर्ताहरू अनमेसन हुनेछन्। प्रयोगकर्ताहरूले अनमेसन छनाैट गरेपछि उनीहरूको ट्वीटर खैरो हुने बताइएको छ।