२९ असार, एजेन्सी । ट्विटरले टेस्लाका सीईओ एलोन मस्कलाई सामाजिक सञ्जाल कम्पनीको ६५ अर्ब डलरको अधिग्रहण पूरा गर्न बाध्य पार्न मुद्दा दायर गरेको छ।
विश्वकै धनाड्य मस्कले शुक्रबार कम्पनी किन्नको लागि आफ्नो अप्रिलको सम्झौताबाट पछि हटेको बताएपछि मस्क र ट्विटरले कानुनी लडाईको लागि तयारी गरिरहेका छन्।
आँफैले हस्ताक्षर गरेको सम्झौता व्यक्तिगत स्वार्थ पूरा गर्नका लागि नमानेर ट्विटर र यसका स्टकहोल्डरहरूप्रति मस्कले आफ्नो दायित्वलाई सम्मान गर्न अस्वीकार गरेको ट्विटरले दर्ता गरेको उजुरीमा उल्लेख गरिएको छ।
ट्विटरले डेलावेयर कोर्ट अफ चान्सरीमा मुद्दा दायर गरेको छ। जसले प्राय: ट्विटर सहित धेरै निगमहरू बीचको व्यापार विवादहरू ह्यान्डल गर्दछ।
मस्कले भने ट्वीटरमाथि फेक अकाउन्टको संख्याबारे पर्याप्त जानकारी दिन असफल भएको आरोप लगाएका छन् । यसै कारण मस्कले ट्विटर खरिद सम्झाैता अस्वीकार गरेका हुन्।
तर, ट्विटरले भने यस प्लेटफर्ममा रहेका अकाउन्टहरूमध्ये ५ प्रतिशत फेक भएको बताएका छन्। दुई शीर्ष प्रबन्धकहरूलाई बर्खास्त गरेर ट्विटरले अधिग्रहण सम्झाैता विपरित काम गरेको पनि मस्कको आरोप छ।