१२ मंसिर २०७९, सोमबार

Logo

नथिङ फोन १ सार्वजनिक, यस्ता छन् फिचरहरू



२९ असार, एजेन्सी । यो वर्ष सबैभन्दा बढी चर्चामा रहेको स्मार्टफोन नथिङ फोन १ सार्वजनिक भएको छ। मंगलबार भारत लगायत अन्य मुलुकहरूमा पनि यो फोन सार्वजनिक भएको हो। तथापी, अमेरिकामा भने अहिले यो फोन उपलब्ध नहुने बताइएको छ।

यो फोन सस्तो मूल्यमा उत्कृष्ट फिचर भएको रूपमा चित्रित गरिएको छ। यस फोन ४७५ अमेरिकी डलरमा पाउन सकिने बताइएको छ।

यस फोनको पछाडीको भागमा राखिएको पारदर्शी (ट्रान्सप्यारेन्ट) कभर सबैभन्दा आकर्षणको रूपमा हेरिएको छ।

के के छन् यस फोनका फिचर ?

  • ६.५५ इन्चको अोलेड डिस्प्ले
  • ८ जिबी र्याम र १२ जिबी र्याममा १२८ र २५८ जिबी मेमोरी क्षमता
  • क्वालकम स्नापड्रयागन ७७८जी+ चिपसेट
  • ५० मेगापिक्सलको पछाडीको क्यामेरा र अल्ट्रा वाइड लेन्स
  • १६ मेगाफिक्सलको सेल्फी क्यामेरा
  • फाइभजी र वाइफाइ ६ सपोर्ट
  • ४५०० एमएएचको ब्याट्री तथा वायरलेस चार्जिङ
  • युएसबी-सि चार्जिङ पोर्ट

 


११ मंसिर, काठमाडाैँ। आगामी माघदेखि मदिरा, चुरोट, गुट्खा र सुर्ती उद्योगले अनिवार्यरुपमा विद्युतीय बीजक

१० मंसिर, एजेन्सी। विद्युतीय कार निर्माता कम्पनी टेस्लाले सिट बेल्टको सम्भावित सुरक्षा जोखिमका कारण चीनबाट

१० मंसिर, काठमाडाैँ। केही समय अघि विश्वभर चर्चित सगरमाथाको क्षेत्रमा खिचिएको भनिएको हिमचितुवाको तस्बिर

१० मंसिर, काठमाडाैँ। गुगल म्यापले नेपाली सडकमा पनि ट्राफिकको अवस्थाबारे रियल टाइममा जानकारी दिन