२९ असार, एजेन्सी । एलन मस्कको मानिसलाई मंगल ग्रहमा पठाउने प्रोजेक्टमा गरिरहेको रकेट परीक्षणस्थलमा बिस्फोट भएको छ। सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा उडानको परीक्षणमा रहेको स्टारसिप रकेट बिस्फोट भएको हो।
अन्तरिक्ष यान ईन्जिनियरिङ् कम्पनीले आफ्नो पहिलो अर्बिटल प्रक्षेपणको लागि रकेट तयारी गरिरहेको छ। जुन मस्कले यस महिनाको लागि तयार हुने आशा गरेका थिए। तर, बिस्फोट भएपछि उक्त योजना केही पछि धकेलिएको अनुमान गरिएको छ।
नासाले परीक्षणको प्रक्रिया लाइभ गरिरहेको अवस्थामा नै बिस्फोट भएको हो। उक्त लाइभ स्ट्रिममा रहेका विश्लेषकहरू पनि विस्फोट देखेपछि अचम्मित भएका थिए।
एलन मस्कले उक्त भिडियोमा प्रतिक्रिया दिँदै उक्त घटना राम्रो नभएको र अनुसन्धानको काम सुरू भइसकेको बताएका छन्।
स्पेसएक्सले हाल टेक्सासस्थित बोका चिकामा कम्पनीको लन्च साइटमा सुपर हेभी बूस्टर ७ परीक्षण गरिरहेको छ।
Space.com ले स्टारशिप प्रणालीमा सुपर हेभी र ५० मिटर अग्लो माथिल्लो चरणको अन्तरिक्ष यानलाई स्टारशिप भनिन्छ भन्ने व्याख्या गरेको छ। स्पेसएक्स वेबसाइटका अनुसार, स्टारशिप एक पूर्ण पुन: प्रयोगयोग्य यातायात प्रणाली हो। जुन चालक दल र कार्गो दुवैलाई पृथ्वीको कक्षा, चन्द्रमा, मंगल र त्यसभन्दा पछाडि लैजानको लागि डिजाइन गरिएको हो।
गत महिना स्टारशिप जुलाईसम्म उडानका लागि तयार हुने बताएका थिए।
विस्फोटले ल्यान्डमार्क अर्बिटल परीक्षण उडानलाई रोक्ने अनुमान गरिएको छ। अर्बिट परीक्षण गर्न पहिले नै धेरै ढिलाइ भएको छ।
स्टारशिपले उच्च उचाइमा उडान परीक्षण गरेको छ तर अझै अन्तरिक्षमा पुग्न सकेको छैन। मस्कको दीर्घकालीन लक्ष्य भनेको मानिसलाई मंगल ग्रहमा अवतरण गर्न स्टारशिप प्रयोग गर्नु हो।