२९ असार, काठमाडाैँ । क्रिप्टोकरेन्सीमा लगानी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
प्रहरीले बुधबार काठमाडाैँबाट अवैध क्रिप्टोकरेन्सीमा लगानी गरेको आरोपमा अमित श्रेष्ठलाई पक्राउ गरेको हो। उनी बिशाल सिमेन्टका सञ्चालक समेत हुन्।
उनी लामो समयदेखि क्यानडामा बसिरहेका थिए। केही दिन अघिमात्रै नेपाल आएका श्रेष्ठ काठमाडाैँबाट पक्राउ परेका हुन्। उनको घरमा प्रहरीले छापा समेत मारेको बताइएको छ।
प्रहरीले दिएको जानकारीका अनुसार श्रेष्ठ र उनको परिवारको नाममा क्रिप्टोमा ठूलो लगानी भएको आशंकामा उनलाई पक्राउ गरिएको हो।
प्रहरीले यस विषयमा थप अनुसन्धान गरिरहेको छ।
नेपालका क्रिप्टोकरेन्सीमा लगानी गर्नु तथा कारोबार गर्न प्रतिबन्धित छ।