३० असार, एजेन्सी । म्यासेजिङ एप ह्वाट्सएपले नयाँ फिचर ल्याने तयारी गरिरहेको छ। ह्वाट्सएपका प्रयोगकर्ताहरूले भ्वाइस नोटस् नै स्टाटसका रूपमा राख्न मिल्ने फिचर ल्याउन लागेको हो।
यो फिचरको नाम ‘भ्वाइस स्टाटस’ राख्ने अनुमान गरिएको छ। ह्वाट्सएपले यसको नयाँ अपडेट २.२२.१६.३ भर्सनमा यो फिचर ल्याउने अनुमान गरिएको छ।
ह्वाट्सएपको नयाँ बेटा भर्सनमा स्टाटस अपडेटमा सुधार गरिने बताइएको छ।
पछिल्लो समयमा ह्वाट्सएपले तीव्र रूपमा नयाँ अपडेटहरू ल्याइरहेको छ। भर्खरै मेटाका सिइओ मार्क जुकरबर्गले ह्वाट्सएपका म्यासेजमा जस्ता खालका इमोजी पनि प्रयोग गर्न पाइने घोषणा गरेका छन्।
यसभन्दा अघि म्यासेजमा जम्मा ६ वटा इमोजी मात्रै रियाक्सनका रूपमा प्रयोग गर्न पाइन्थ्यो।