Trending:

फोनपे सँगको सहकार्यमा कुमारी बैंकको भर्चुअल क्रेडिट कार्ड सेवा सार्वजनिक एसईई २०८१ को नतिजा अब सिधै मोबाइलमा उपलब्ध विदेशमा रहेका नेपालीको लागि दुईवटा मोबाईल एप सञ्चालनमा डेभलपर्सका लागि गुगलको नयाँ टूल ‘जेमिनाई सीएलआई’ सार्वजनिक खल्तीले सुरु गर्‍यो ‘स्मार्ट डिपोजिट’ नेपालगञ्जमा हुन्डाईको नयाँ क्रेटा ईभी सार्वजनिक ग्लोबल आइएमई बैंकका ग्राहकलाई आइएमई हस्पिटालिटी र इला होटल एण्ड रिसोर्टका सेवाहरुमा १५ प्रतिशतसम्म छुट इन्फिनिक्सको गेमिङ स्मार्टफोन ‘जीटी ३० प्रो’ नेपाली बजारमा भव्य रूपमा सार्वजनिक फोटोन टुनल्याण्ड जि ७: २३ दिनमा ८ अग्ला र कठिन भूभाग पार गर्ने विश्वको पहिलो पिकअपको नेपालमा आधिकारिक सुरुवात बीवाईडी डल्फिन २०२५ नेपालमा सार्वजनिक हिमालयन एभरेष्ट इन्स्योरेन्सकी सिईओ अन्जु श्रेष्ठ सम्मानित त्रिविका १० सेवा अब अनलाइनमार्फत उपलब्ध हिमालयन एभरेष्टद्वारा ग्रामीण कृषकका लागि बीमा सचेतना कार्यक्रम सरकारको चेतावनी बेवास्ता गर्दै मेटा नेपालमा अझै दर्ता भएन आईएमई डिजिटल र खल्ती मर्ज, अब ‘आईएमई खल्ती लिमिटेड’ बिल्ट फर हिमालयज, फोटोन टुनल्यान्ड जी ७ अब नेपालमा डेब्यु गर्न तयार लक्जरी ईभीको नयाँ लाइनअप सँगै सेरेसको बिक्री दोहोरो अंकले वृद्धि गोल्छा ग्रुपद्वारा प्रस्तुत ग्लोकल टीन हिरो नेपाल २०२५ को लागि आवेदन आह्वान ग्राहकले बुझाउनुपर्ने छैन पहिलो ६ महिनाको मासिक किस्ता पोखरामा यामाहा ब्लू फेस्ट २०८२ को सुरुवात – असार १ देखि ६ गतेसम्म चल्ने ११ महिनामा १० खर्ब २७ अर्ब राजस्व संकलन भिभो नेपालद्वारा ‘न्यानो नानी’ अभियान सुरु लुलाङमा टेलिकमको मोबाइल फोन सेवा विस्तार नवीन प्रविधि, आकर्षक डिजाइन र गेमिङ अनुभवको नवीन प्रयोग रुसको नयाँ एपले भुक्तानीदेखि शिक्षासम्मका सेवा दिने एनसेलले भने :फाइभजी तत्काल सम्भव छैन “निफ्रा ग्रीन इनर्जी बोन्ड ६% – २०८८/८९” को बाँडफाँड सफलतापूर्वक सम्पन्न दिपलले पार ग-यो ५ लाख युनिट डेलिभरीको कोशेढुंगा टुनल्याण्ड जी सेभेनको ऐतिहासिक यात्रा: ८ दुर्गम गन्तव्य, २३ दिन र एक विश्व रेकर्ड एमजी कमेट ईभी नेपाली बजारमा सार्वजनिक एप्पलको नयाँ अपडेट: आईओएस २६ सार्वजनिक यामाहा नेपालद्वारा उत्कृष्ट सेल्स प्रतिभालाई सम्मान गर्दै नेसनल सेल्स स्किल कन्टेस्ट २०८२ सम्पन्न सूत्रदेखि स्टार्टअपसम्मः गणित शिक्षामा नयाँ आयाम ग्लोबल आइएमई बैंकद्वारा विश्व वातावरण दिवसको अवसरमा प्लाष्टिक फोहोर संकलनसहित हाइकिङ कार्यक्रम आयोजना एप्पलको डब्लुडब्लुडीसी २०२५ कार्यक्रम भोलिदेखि सुरु भिभोको दराज एक्सक्लुसिभ ६.६ मिड–इयर सेल: विशेष छुट र थप आकर्षक उपहारहरु ! कर्भ ईभीमार्फत लामो दूरीको ईभी यात्रा, काठमाडौँबाट कन्याकुमारी प्रस्थान ग्लोबल आइएमई बैंकद्वारा इभि चार्जिब स्टेशन सञ्चालन स्मार्टफोन मर्मत सहज बनाउन ७ वर्षसम्म पाटपुर्जा उपलब्ध गराउने नियम लागु हुँदै चीनले बनायो धातुको टायर, अब पंक्चर हुने झन्झट सकियो एभरेष्ट बैंकले भर्चुअल क्रेडिट कार्ड सेवा सुरु डोङफेङ नामीको ऐतिहासिक सफलता: ४० भन्दा बढी देशमा १२,००० युनिट निर्यात दिव्या राई माझी डिसहोम इन्टरनेटको ब्रान्ड एम्बेस्डरमा नियुक्त ह्वाट्सएपको नयाँ गोपनीयता फिचर: अब नम्बर लुकाएर युजरनेममार्फत च्याट सम्भव ई–सूचना प्रविधि क्षेत्रका लागि बजेट सकारात्मक रहेको क्यान महासंघको निष्कर्ष सार्वजनिक सवारी बन्दको बीचमा इनड्राइभको भरपर्दो वैकल्पिक सेवा जारी ग्लोबल आइएमई बैंकद्वारा टोखा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा बृक्षारोपण ई–सेवामा थपियो नयाँ सुविधा: अनलाइन होटल बुकिङ यामाहा नेपालले ल्यायो एमटी १५ भर्सन २ किन्ने देशभरका ग्राहकका लागि विशेष राइडिङ ज्याकेट अफर हिमालय रोडिज सिजन ७ : ‘हेल अर हेभन’ को टाइटल स्पोन्सरमा यामाहाको निरन्तरता
अपडेट

विज्ञान र प्रविधिलाई देशको समृद्धिसँग जोडिनुपर्नेमा विज्ञहरूको जोड

विज्ञान र प्रविधिलाई देशको समृद्धिसँग जोडिनुपर्नेमा विज्ञहरूको जोड
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 1 मिनेट

३० असार, काठमाडाैँ । विज्ञान र प्रविधिको उच्चतम् अवलम्बन गरेर मुलुकको आर्थिक समृद्धिको यात्रामा अघि बढ्नुपर्नेमा राजनीतिज्ञ एवं विज्ञ सरोकारवालाले जोड दिएका छन् ।

विकल्प फाउण्डेशनले आज यहाँ आयोजना गरेको विज्ञान तथा सूचना–प्रविधिसम्बन्धी नीति संवाद कार्यक्रमका वक्ताले राज्य र राजनीतिक नेतृत्वले विज्ञान र प्रविधिलाई चेतनाको रूपमा लिएर काम गर्न सकेमात्रै समृद्धिको यात्रा सार्थक हुने विश्वास व्यक्त गरे । साथै उनिहरुले विज्ञानको प्रयोग मानवजीवनको अपरिहार्य वस्तु भएको र यस क्षेत्रको विकास प्रवद्र्धनमा राज्यको लगानी बढाइनुपर्नेमा जोड दिए ।

पूर्व विज्ञान तथा प्रविधिमन्त्री गणेश साहले प्रविधिको पहुँचको प्रतिस्पर्धात्मक समयमा विज्ञानलाई जनविज्ञानका रुपमा विकास गरिनुपर्ने बताए । उनले उद्योग र आवश्यकतालाई प्रविधिसँग कसरी जोड्ने चुनौती रहेको भन्दै देशको समृद्धिका लागि तीनै तहका सरकारले लगानी ढाँचा बनाएर विज्ञान र प्रविधिमा लगानी गरिनुपर्नेमा जोड दिए ।

नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव जगन्नाथ खतिवडाले सम्पूर्ण जीवन पद्धत्ति र विकास प्रक्रियामा विज्ञानको उपयोग भइरहेको भन्दै यसलाई मुलुकको विकाससँग जोडेर लैजानुपर्नेमा जोड दिए ।

नेकपा (एमाले)का स्थायी कमिटी सदस्य घनश्याम भुसालले विज्ञान र प्रविधिको ऐतिहासिकता र सामाजिकतालाई राजनीतिसँग जोडेर अघि बढिए मात्रै यो क्षेत्रमा विकास गर्न सकिने बताए ।

लोकतान्त्रिक समाजवादी पार्टीका नेता अनिलकुमार झाले विज्ञानको प्रयोग जीवनको हरेक क्षणमा भइरहेको तर त्यसलाई बुझ्न नसकेका कारण देशले लाभ लिन नसकिएको भन्दै वैज्ञानिक खोज, अनुसन्धानमा लागानी बढाउनुपर्ने खाँचो औँल्याए ।

फाउण्डेशनका अध्यक्ष प्रकाश विकल्पले विज्ञान र प्रविधिको महत्व हरेक क्षेत्रमा रहेको र यसलाई आधार बनाएर विकास र समृद्धिको यात्रालाई अघि बढाइनुपर्ने धारणा राखे ।

कार्यक्रममा ‘विकास नीति र वैज्ञानिक संस्कार’ विषयमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानका विज्ञ दिनेशराज भुजुले कार्यपत्र प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?