३१ असार, एजेन्सी । ट्वीटर क्र्यास भएको छ। नेपाली समय अनुसार बिहीबार राती करीब ९ बजेको समयमा विश्वभर ट्वीटर डाउन भएको हो।
करीब ४० मिनेट डाउन भएको ट्वीटरमा लग इन गर्न नै समस्या देखिएको थियो। ४० मिनेटपछि ट्वीटर चल्न सुरू गरेता पनि अझै यस बारेमा काम भइरहेको ट्वीटरले जानकारी दिएको छ।
क्र्यास ट्रेकिङ साइट Downdetector मा करीब ५४ हजार ट्वीटर क्र्यास भएका रिपोर्टहरू देखिएका थिए। ट्विटर वेभ र एप भर्सनमा नै क्र्यास भएको थियो।
बिहीबार न्युयोर्क, लस एन्जसल लगायत अन्य ठूला शहरहरू र युके, म्याक्सिको, ब्राजिल र इटाली लगायत अन्य देशहरूबाट ट्वीटर नचलेको रिपोर्ट गरिएको थियो।
ट्वीटरले विश्वकै धनी व्यक्ति इलन मस्कसँग कानुनी लडाइँ सुरू गरेको भोलिपल्ट नै ठुलो समस्या भोगेको छ। यद्यपी, के कारणले ट्वीटर क्र्यास भएको भन्ने प्रष्ट भइसकेको छैन।