१२ मंसिर २०७९, सोमबार

Logo

आफ्नो सम्पत्ति दान दिएर विश्वका धनाढ्यको सुचिबाट बाहिरिन चाहन्छु : बिल गेट्स



३१ असार, एजेन्सी । अरबपति तथा माइक्रोसफ्टका संस्थापक बिल गेट्सले आफ्नो सम्पत्ति दान दिने घोषणा गरेका छन्। उनले अाफ्नो अधिकांश सम्पत्ति दान दिएर विश्वका धनाड्यको सुचीहरूबाट निस्किने योजना पनि बताएका छन्।

माइक्रोसफ्टका सह-संस्थापकले आफ्नो परोपकारी कोषमा २० अरब डलर दान गर्ने घोषणा गरेपछि यस्तो बताएका हुन्।

विश्वका चौथो धनी व्यक्तिले आफ्नो स्रोतसाधन समाजमा फिर्ता गर्ने आफ्नो दायित्व रहेको बताएका छन् । गेट्सले पहिलो पटक २०१० मा आफ्नो सम्पत्ति दिने वाचा गरेका थिए।  उक्त घोषणापछि उनको कुल सम्पत्ति दोब्बर भन्दा बढी भएको छ।

फोर्ब्स म्यागजिनका अनुसार उनको हाल ११८ बिलियन डलर रहेको छ। तर सन् २००० मा उनले आफ्नी पूर्व पत्नीसँग स्थापना गरेको परोपकारी कोष बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसनलाई जुलाईमा चन्दा दिएपछि उक्त सम्पत्ति उल्लेखनीय रूपमा घट्नेछ।

 


११ मंसिर, काठमाडाैँ। आगामी माघदेखि मदिरा, चुरोट, गुट्खा र सुर्ती उद्योगले अनिवार्यरुपमा विद्युतीय बीजक

१० मंसिर, एजेन्सी। विद्युतीय कार निर्माता कम्पनी टेस्लाले सिट बेल्टको सम्भावित सुरक्षा जोखिमका कारण चीनबाट

१० मंसिर, काठमाडाैँ। केही समय अघि विश्वभर चर्चित सगरमाथाको क्षेत्रमा खिचिएको भनिएको हिमचितुवाको तस्बिर

१० मंसिर, काठमाडाैँ। गुगल म्यापले नेपाली सडकमा पनि ट्राफिकको अवस्थाबारे रियल टाइममा जानकारी दिन