१ साउन, काठमाडाैँ । सरकारले टेलिकम र इन्टरनेट सेवा शुल्क घटाएको छ। सरकारले यसभन्दा अघिसम्म १३ प्रतिशत कायम भएको दूरसञ्चार सेवा शुल्क आर्थिक ऐनमार्फत १० प्रतिशतमा झारेको हो।
आजदेखि टेलिफोन, मोबाइल र इन्टरनेट सेवाको शुल्क १० प्रतिशत कायम भएको छ। अब, इन्टरनेट सेवा प्रदायकहरूको महसुल पनि घट्ने बताइएको छ।
नेपाल टेलिकमले दिएको जानकारी अनुसार अब भ्वाइस र डाटा सेवा तथा पीएसटीएन, एडीएसएल र एफटीटीएच लगायतका सेवाको महसुलमा समेत लाग्दै आएको दस्तुरमा ३ प्रतिशत रकम घट्नेछ। त्यसैगरी, अन्य सेवा प्रदायकहरूले पनि सेवा शुल्क घटाउने तयारी गरिरहँदा एनसेलले आजदेखि सेवा शुल्क १० प्रतिशत लाग्ने जानकारी दिइसकेको छ।