Trending:

नेपाल टेलिकमको अवरुद्ध सेवा पुनः सञ्चालनमा सोलिडकोर ब्याट्री र हाइब्रिड प्लस प्रविधिबाट एमजीका विद्युतीय कार अझ छिटा र स्मार्ट बन्दै महान्यायाधिवक्ता कार्यालयको निर्णय– इन्टरनेट सेवामा थप शुल्क नलाग्ने यामाहाद्वारा अर्को पुस्ताका लागि तयार नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक AI को प्रभाव: विश्वभर रोजगारीको स्वरूप बदलिँदै एप्पलको सस्तो ‘MacBook Neo’ सार्वजनिक, नेपालमा कस्तो प्रभाव पर्ला ? AI Agents: IT कम्पनीहरूको नयाँ आकर्षण वीरगञ्ज र जनकपुरमा दुई नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आइएमई र साउदीको अग्रणी डिजिटल वालेट TIQMO बीच डिजिटल कारोबार विस्तारको सम्झौता ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपमार्फत आईपीओ भर्ने सुविधा, लाइभ मार्केट अपडेट स्कोडा किलाक: तपाईंको प्रियजनका लागि नयाँ सेफ्टी बेन्चमार्क नेपाल टेलिकमको १८औँ वार्षिक साधारणसभा सम्पन्न, प्रतिशेयर ३० रुपैयाँ नगद लाभांश स्वीकृत ग्लोबल आइएमई बैंकद्वारा १९औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना, ५५८ जनाको सहभागिता सिप्रदी ट्रेडिङद्वारा टाटा ईभीका लागि ‘विन्टर इभी सर्भिस एन्ड एक्सचेन्ज क्याम्प’ घोषणा एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का विवाद के हो, किन भयो स्थगित? एनसेलको ‘एनपीएल प्ले प्याक’मा डिशहोम गो एपमार्फत एनपीएल दोस्रो संस्करणका खेलहरू लाइभ हेर्न पाइने सुविधा नयाँ कन्ट्रोल सुविधा र शैक्षिक पहलसँगै टिकटकद्वारा एआइ पारदर्शिता थप विस्तार ईभीको विस्तार र ग्राहक सन्तुष्टिका लागि एमएडब्लू वृद्धिले पायो फेरि नयाँ उपलब्धी डिशहोम गो एपबाट ३०० रुपैयाँमा एनपीएलको सबै खेल हेर्न सकिने ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी टुल्स देशभरको सञ्चार सेवा र इन्टरनेट गुणस्तर सुधार्न नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने चिनियाँ ईभी निर्माता सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी बल्ब पोस्टपेड प्रयोगकर्ताका लागि टेलिकमको नयाँ सजिलो अनलिमिटेड प्याकेज सामसङ नेपालद्वारा ‘तिहारको मुड, सबै गुड!’ अफर सार्वजनिक: क्यासब्याक र बम्पर उपहारको वर्षा अब एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने एमएडब्लु वृद्धिले आउँदो शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’
अपडेट

नेपालमा एकै वर्षमा १ करोड थपिए फोरजी प्रयोगकर्ता

नेपालमा एकै वर्षमा १ करोड थपिए फोरजी प्रयोगकर्ता
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

१ साउन, काठमाडाैँ । नेपालमा फोरजी सार्वजनिक भएको पाँचौँ वर्षमा मात्रै यसका प्रयोगकर्ताको सङ्ख्या व्यापक बढेको छ । दूरसञ्चार सेवा प्रदायकले फोरजी पु-याउन गरेको लगानी र नियामक नेपाल दूरसञ्चार प्राधिकरणले सन् २०२२ भित्र देशैभर यो प्रविधि पुर्याउन दिएको समयसीमाको प्रभाव यतिबेला फोरजीमा देखिन थालेको छ ।

नियामकले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार २०७८ चैतसम्म देशभर फोरजी प्रयोग गर्नेको सङ्ख्या एक करोड ७१ लाख नाघेको छ, जुन २०७७ चैतको तुलनामा करिब एक करोडले बढी हो । त्यतिबेला देशभर फोरजी प्रयोग गर्नेको सङ्ख्या ७८ लाख ७१ हजार थियो ।

थ्रीजी प्रविधिको तुलनामा फोरजीलाई सेवा प्रदायकले दिएको प्राथमिकताले पनि फोरजी प्रयोगकर्ताको सङ्ख्या बढाउन सहयोग पुगेको हो, जसको परिणाम देशभर थ्रीजीको तुलनामा फोरजी प्रयोग गर्नेको सङ्ख्या निकै बढी छ । पछिल्लो तथ्याङ्कअनुसार थ्रीजी प्रयोगकर्ताको सङ्ख्या एक करोड १५ लाख छ । फोरजीको तुलनामा यो ५६ लाखले कम भएको गोरखापत्रमा उल्लेख छ ।

देशभर सबैभन्दा धेरै नेपाल टेलिकमका फोरजी प्रयोगकर्ता रहेको नियामकको तथ्याङ्कले देखाउँछ । चैतसम्म टेलिकमको फोरजी एक करोड चार लाखले चलाइरहेका छन् । त्यस्तै एनसेलका ६५ लाख २२ हजार फोरजी प्रयोगकर्ता छन् । स्मार्ट टेलिकमका भने एक लाख ५९ हजार मात्र फोरजी प्रयोगकर्ता रहेको तथ्याङ्क छ । फोरजीको विस्तार बढिरहे पनि यसको गुणस्तरको सम्बन्धमा भने प्रयोगकर्ताको गुनासो कायमै छ ।

आईएसपीले थपे २० लाख ग्राहक

अनलाइन गतिविधि बढ्दा त्यसको प्रत्यक्ष लाभ नेपालका इन्टरनेट सेवा प्रदायक (आईएसपी)लाई पुगेको छ । फिक्स्ड इन्टरनेटमा निजी सेवा प्रदायकले विस्तार गरेको बजारले पनि यसलाई पुष्टि गर्छ । गत एक वर्ष मात्रै निजी सेवा प्रदायकले करिब २० लाख ग्राहक थपेका छन् । २०७७ चैतसम्म ५५ लाख ६२ हजार ग्राहक रहेकामा निजी कम्पनीले २०७८ चैतसम्म ७४ लाख ९४ हजार ग्राहक पु-याएका छन् ।

यसै अवधिमा नेपाल टेलिकमले साढे दुई लाख फिक्स्ड इन्टरनेट प्रयोगकर्ता थपेको छ । चैतसम्म टेलिकमका सात लाख ६१ हजार फिक्स्ड इन्टरनेट प्रयोगकर्ता रहेका छन्, जुन २०७७ चैतसम्म पाँच लाख १५ हजार मात्र थियो । फिक्स्ड इन्टरनेटमा एउटा इन्टरनेट जडान करिब पाँच जना ग्राहकले प्रयोग गर्ने हिसाबले प्रयोगकर्ताको तथ्याङ्क राखिन्छ ।

मोबाइल, फिक्स्ड, एडीएसएल, वाईम्याक्स, लिज लाइनलगायत सबै किसिमका इन्टरनेट सुविधासहित गरी देशभर इन्टरनेटको पहुँच भने १२८.८६ प्रतिशत अर्थात् कुल जनसङ्ख्याभन्दा बढीमा पुगेको देखिन्छ । यसमध्ये ९८.४६ प्रतिशतले मोबाइल इन्टरनेट प्रयोग गर्छन् भने ३० प्रतिशतले फिक्स्ड इन्टरनेटको प्रयोग गर्ने पाइएको छ । मोबाइल र फिक्स्ड इन्टरनेट प्रयोग गर्ने एउटै प्रयोगकर्ताको समेत भिन्नै गणना हुने भएकाले इन्टरनेट पहुँच बढी देखिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?