१ साउन, एजेन्सी । मेटाको स्वामित्व रहेको सोसल मिडिया फेसबुकले नयाँ फिचरको परीक्षण गरिरहेको छ। टेकक्रञ्चको रिपोर्ट अनुसार फेसबुकले एउटै अकाउन्टमा पाँचवटासम्म प्रोफाइल राख्न मिल्ने फिचर परीक्षण गरिरहेको हो।
यो फिचरको बारेमा यस वर्षको सुरूवातमा नै हच्चा चलेको थियो। तर, अब भने फेसबुकले नै यसबारे प्रस्ट पारेको टेकक्रञ्चमा उल्लेख छ।
यो फिचरसँगै प्रयोगकर्ताहरूले नयाँ फिड तथा निचहरूमा संलग्न हुँदै थुप्रै ग्रुपहरूमा जोडिन सक्ने फेसबुकले बताएको छ। यो आगामी सुविधाले प्रयोगकर्तालाई अन्य प्रोफाइलहरूको लागि फरक प्रयोगकर्ता नाम र नाम प्रयोग गर्न अनुमति दिने अपेक्षा गरिएको छ। त्यस्तै, मुख्य खातामा प्रयोगकर्ताको प्रोफाइललाई नाम दिन अनिवार्य समेत गरिने छैन।
यसका अलावा, नयाँ फिचर प्रयोग गर्नका लागि केही निर्देशनहरू पालना भने गर्नु पर्नेछ। यस अनुसार फेसबुकमा पेज बनाउने र त्यसको व्यवस्थापन गर्ने सहित फेसबुक डेटिङ भने मेन अकाउन्टबाट मात्रै गर्न सकिने बताइएको छ।
धेरै प्रोफाइलहरूले प्रयोगकर्तालाई स्पाम वा नीतिहरू तोड्न अनुमति दिँदैन। यदि फेसबुकले कुनै उल्लङ्घन गतिविधिको बारेमा पत्ता लगायो भने यसले प्रयोगकर्ताको मुख्य प्रोफाइललाई पनि असर गर्नेछ।
रिपोर्ट अनुसार फेसबुकले प्रतिबन्ध लगाएका कार्यहरू गरेका गरेको पाइएमा प्रयोगकर्ताको सबै प्रोफाइल हटाउने र मुख्य अकाउन्ट नै निलम्बन गर्न सक्ने समेत बताइएको छ।
फेसबुकको नयाँ फिचर मेटा कै अर्को कम्पनी इन्स्टाग्रामसँग मिल्दोजुल्दो हुने बताइएको छ।