© 2021-2024
२ साउन, एजेन्सी । नोकिया ब्राण्डका पुराना मोबाइलमा चर्चित ‘स्नेक गेम’ बनेको २५ वर्ष पुगेको छ। स्मार्टफोनभन्दा अघिको समयमा यो मोबाइल गेम निकै चर्चित थियो।
सुरूमा नोकियाका ६११० र १९९७ मोडलमा राखिएको यो गेम केही समयमा नै विश्वभर चर्चित भएको थियो।
मोबाइलका जम्मा ४ वटा बटमले नियन्त्रण गर्न सकिने यो खेलमा हरेक बस्क खाएपछि सर्प लम्बिने सिस्टम थियो। तर, सर्पको टाउकोले जिउका कुनै भागमा छुँदा सर्प मर्थ्यो।
फोन र म्यासेज पठाउने मात्रै सिस्टम भएका फोनहरूमा गेम पनि हुनु त्यो समयका लागि ठूलै कुरा थियो।