३ साउन, काठमाडाैँ । चर्चित सामाजिक सञ्जाल स्न्यापच्याटले वेभ भर्सन सार्वजनिक गरेको छ। पहिले एपमा मात्रै उपलब्ध यो सञ्जाल अब वेभसाइटमार्फत नै पनि चलाउन सकिने भएको छ।
तर, अहिले यो सुविधा भने स्न्यापच्याटका प्रिमियम प्रयोगकर्ताहरूले मात्रै प्रयोग गर्न पाउनेछन्। केही समय अगाडीमात्रै स्न्यापच्याटले प्रिमियम भर्सन स्न्यापच्याट प्लस सार्वजनिक गरेको थियो।
स्न्यापच्याटको वेभ भर्सनमार्फत प्रयोगकर्ताहरूले ल्यापटक वा डेस्कटपबाट पनि स्न्यापच्याटको मजा लिन सक्ने भएका छन्।
स्न्यापच्याटको वेभ भर्सनमार्फत प्रयोगकर्ताहरूले साथीहरूलाइ स्न्याप पठाउन, च्याट गर्न तथा भिडियो कल गर्न सक्नेछन्। त्यसैगरी, वेभ भर्सनमा म्यासेज रियाक्सन, च्याट रिप्लाइ र २४ घण्टामा च्याट स्वतः डिलिट हुने फिचर पनि स्न्यापच्याटको वेभ भर्सनमा सार्वजनिक गरिएको छ।
प्रयोगकर्ताहरूले web.snapchat.com मा गएर वेभ भर्सनको सुविधा लिन सक्नेछन्।