२१ मंसिर २०७९, बुधबार

Logo

१० हजार फेसबुक ग्रुपविरूद्ध अमेजनले दर्ता गर्यो मुद्दा



३ साउन, एजेन्सी । अमेजनले १० हजार भन्दा बढी फेसबुक ग्रुपका एडमिनविरुद्ध कानुनी कारबाही गरिरहेको पाइएको छ।

ती ग्रुपहरूले अमेरिका, बेलायत, जर्मनी, फ्रान्स, इटाली, स्पेन र जापानका अमेजन बजारहरूमा नक्कली रिभ्यु सिर्जना गरिरहेको बताइएको छ।

अमेजनका अनुसार ती ग्रुपहरूले अमेजनमा पोस्ट गरिएका समीक्षाहरूको बदलामा पैसा वा निःशुल्क सामानहरू प्रस्ताव गर्छन्। फेसबुकको मूल कम्पनी मेटाले यस वर्षको सुरुमा हटाएको एउटा ग्रुपमा ४३ हजार मेम्बर थिए।

उक्त ग्रुपको नामा ‘अमेजन प्रोडक्ट रिभ्यु’ थियो।

अमेजनले रिपोर्ट गरेपछि लगभग आधा ग्रुपहरू मेटाद्वारा हटाइएको छ। यद्यपि अमेजनले बीबीसीलाई ती सबैका एडमिनहरूलाई निशाना बनाइएको बताएको छ।

कानुनी कारबाहीका लागि अमेजनको सिएटल मुख्यालय नजिकै वाशिंगटन किङ काउन्टीको एक अदालतमा मुद्दा दायर गरिएको छ।

यस वर्षको सुरुमा अमेजनले चारवटा कम्पनीहरूलाई पछ्याएको थियो जसलाई अमेजनले जानाजानी आफ्नो किनमेल प्लेटफर्ममा नक्कली समीक्षाहरू भरेको आरोप लगाएको थियो।


१९ मंसिर, काठमाडाैँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले आइतबार ठूलो परिमाणमा महँगा फोनहरू बरामद

१८ मंसिर, एजेन्सी। हृदय रोग विश्वव्यापी मृत्युको प्रमुख कारण हो । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का

१८ मंसिर, एजेन्सी। एप्पलले हालैक सातामा आफ्नो केही उत्पादन चीन बाहिर सार्न र आपूर्तिकर्ताहरूलाई

१८ मंसिर, काठमाडाैँ। नेपाल विद्युत् प्राधिकरणको पोलमा अव्यवस्थित तरिकाले तानिएका र प्रयोगमा नरहेका तार