२० मंसिर २०७९, मंगलवार

Logo

एसवाई प्यानलको टिकटक प्रतियोगिता, १ लाख ५० हजार जित्ने अवसर



३ साउन, काठमाडाैँ । कोरियन प्रविधिको स्यान्ड्विज प्यानल उत्पादन गर्ने कम्पनी एसवाई प्यानल नेपालले टिकटक प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगितामा भाग लिने प्रतियोगीहरूले कम्पनीको अफिसियल भिडियोको ओरिजिनल साउन्डमा भिडियो बनाउनु पर्नेछ । ६ साउनदेखि ६ भदौसम्म भिडियो पोस्ट गरिसक्नु पर्नेछ ।

विजेताले डेढ लाख नगद पाउनेछन् । दोस्रो हुने दुई जनाले प्रतिव्यक्ति एक लाख नगद पाउनेछन् । यस्तै तेस्रो हुने तीन जनाले प्रतिव्यक्ति ७५ हजार पाउनेछन् भने चौँथो हुने चार जनाले ४० हजार र पाचौं हुने पाँच जनाले ३० हजारका दरले पुरस्कार पाउने एसवाई प्यानलका महाप्रबन्धक शशी साहले जानकारी दिए ।

प्रतियोगिताका उत्कृष्ट भिडियो छनौट गर्दा ३० प्रतिशत लाइकलाई, ४० प्रतिशत सिर्जनात्मक र निर्णायकको आधारमा र १० प्रतिशत मोस्ट भिउज, मोस्ट सेयर, मोस्ट कमेन्टको आधारमा गरिनेछ ।

१० भदौमा पुरस्कार वितरण गरिने प्रतियोगिताको भिडियो सिर्जनात्मक र सभ्य हुनु पर्ने आयोजकले जनाएको छ । आयोजकमा अनुसार नेपाल सरकारको नियमअनुसार लाग्ने कर विजेता स्वयंले ब्यहोर्नु पर्नेछ । न्युज कारखाना


१९ मंसिर, काठमाडाैँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले आइतबार ठूलो परिमाणमा महँगा फोनहरू बरामद

१८ मंसिर, एजेन्सी। एप्पलले हालैक सातामा आफ्नो केही उत्पादन चीन बाहिर सार्न र आपूर्तिकर्ताहरूलाई

१८ मंसिर, काठमाडाैँ। नेपाल विद्युत् प्राधिकरणको पोलमा अव्यवस्थित तरिकाले तानिएका र प्रयोगमा नरहेका तार

१६ मंसिर, काठमाडाैँ। न्युज पोर्टल उकेरामाथि साइबर हमला भएको छ । बिहीबार राति उकेराको