२० मंसिर २०७९, मंगलवार

Logo

दैनिक छ सय जनाले अनलाइनबाट मतदाता नामावलीमा नाम दर्ता गर्न पाउने



३ साउन, काठमाडाैँ । अनलाइनबाट गरिने मतदाता नामावली दर्तामा चाप बढेपछि निर्वाचन आयोगले उपत्यकाका तीनवटै जिल्लामा दैनिक दर्ता गराउनेको सङ्ख्या सीमा बढाएको छ । आयोगले प्रत्येक जिल्लामा दैनिक छ सय जनाले ‘प्री रजिस्ट्रेसन’ गरेर बायोमेट्रिकका लागि समय पाउने व्यवस्था गरेको हो ।

निर्वाचन आयोगले असार २९ गतेदेखि मतदाता नामावली अनलाइन दर्ता गर्न काठमाडौँ उपत्यकाका तीन जिल्लामा ‘पाइलट अपरेसन’ सुरु गरेको थियो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले दुई सय जनाको सङ्ख्या सीमा राखेर अनलाइन दर्ता सुरु गरिएकोमा दैनिक अब छ सय जनाले नाम दर्ता गरेर बायोमेट्रिकका लागि समय लिन पाउने व्यवस्था गरिएको जानकारी दिए ।

अनलाइनमार्फत ‘प्री रजिस्ट्रेसन’मा काठमाडौँ जिल्लामा हालसम्म करिब ५५० जनाले नामावली दर्ता प्रक्रिया टुङ्ग्याएका छन् । तर, हाल साउन ४ गतेसम्मका लागि मात्रै समय उपलब्ध गराइएको छ । चुनावको मिति साउन पहिलो साता नै सार्वजनिक हुने अपेक्षा गरिएको छ ।


१९ मंसिर, काठमाडाैँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले आइतबार ठूलो परिमाणमा महँगा फोनहरू बरामद

१८ मंसिर, एजेन्सी। एप्पलले हालैक सातामा आफ्नो केही उत्पादन चीन बाहिर सार्न र आपूर्तिकर्ताहरूलाई

१८ मंसिर, काठमाडाैँ। नेपाल विद्युत् प्राधिकरणको पोलमा अव्यवस्थित तरिकाले तानिएका र प्रयोगमा नरहेका तार

१६ मंसिर, काठमाडाैँ। न्युज पोर्टल उकेरामाथि साइबर हमला भएको छ । बिहीबार राति उकेराको