४ साउन, एजेन्सी। नियमति रेलमा यात्रा गर्नेहरूले अब ह्वाट्सएपबाटै रेलको अवस्था थाहा पाउन (ट्र्याक गर्न) सक्नेछन्। भारतका लागि ह्वाट्सएपले विकास गरेको नयाँ फिचरले यसबाटै रेलको अवस्था र कुन ठाउँमा छ भन्ने पत्ता लगाउन सक्ने भएका हुन्।
विश्वका ठूलो मध्ये एक टिकेटिङ प्लेटफर्म रेडबसले ह्वाट्सएपमा फ्रि सर्भिस ‘रेडरेल’ सार्वजनिक गरेको हो। यसले देश भरका सबै इन्टरसिटी यात्रु ट्रेनहरूको स्थान र आगमनमा अप-टु-मिनेट जानकारी प्रदान गर्ने बताइएको छ।
सुस्त गतिको इन्टरनेट भएको ठाउँमा परीक्षण गर्दा पनि रेडरेल राम्रोसँग नै सञ्चालन भएको बताइएको छ।
भारतका रेलयात्रुहरू +91 9538039911 मार्फत ह्वाट्सएपमा रेलको नम्बर राखेर रेल कहाँ छ भन्नेबारे जानकारी लिन सक्नेछन्।