Trending:

रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’ हिमालयन जाभामा एनआईबीएल इक्विटी पार्टनर्सको २८.८ % हिस्सेदारी भिभो भि६० नेपालमा सार्वजनिक वीरगन्जमा टाटा ईभी अटो शो सम्पन्न एलन मस्कको स्पेसएक्स परीक्षणका लागि तयार सीआर सेभेन होरको उपस्थितिमा एसुस एण्ड रोग गेमिंग डेजको आयोजना पोट्र्रेट फोटोग्राफीमा नयाँ अध्याय थप्दै भिभो भि६० फोटोन ईटुनल्याण्ड पिकअप अब सीएटीएल पावरसहित इलेक्ट्रिकमा सामसङले नेपाली उपभोक्ताका लागि क्यूएलइडी टिभीमा भिजन एआई ल्याउँदै नाडा अटो शोमा दिपलको उड्ने ट्याक्सी सार्वजनिक गरिने डिजिटल युगका लागि रेडमी स्मार्टवाच ‘एफपीसीए’लाई सोसाइटी इन्टरनेशनलको आर्थिक सहयोग नेपालमा गुगल म्याप्सको ‘स्ट्रिट भ्यू’ सेवा सुरु, पर्यटनमा नयाँ अध्याय पोखरामा उद्घाटन भयो अत्याधुनिक बीवाईडी शोरूम नाडा अटो शोमा पहिलो पटक ‘उड्ने कार’ प्रदर्शनी हुने इनड्राइभको “राइड मोर, विन मोर” योजना इनफिनिक्सले नेपालमा ल्यायो शक्तिशाली र स्टाइलिश नोट ५०एस ५जी+ स्मार्टफोन मर्मतका लागि सामसुङले ल्यायो सामसुङ मनसुन क्याम्प क्लियर स्याम्पु ब्रान्डद्वारा इङ्लिस प्रिमियर लिग अब नेपाली दर्शकमाझ व्हाट्सएपमा फोटो सेयर अझ सजिलो बनाउन नयाँ सुविधा आउँदै फोर्स गाडी खरिदपछि व्यवसाय धरासायी, डिलरविरुद्ध कानुनी चेतावनी नाइमा मोबिलिटी एक्सपोमा याडियाको ‘भेलाक्स’ सिरिज स्कुटर सार्वजनिक दराज ८.८ सेल्स क्याम्पेनमा भिभोको धमाकेदार डिल्स नयाँ ग्यालेक्सी स्मार्टफोनहरूसँगको आकर्षक मल्टी–बाइ अफर, ग्यालेक्सी बड्स र वाचहरुमा विशेष ३२% सम्मको छुट सामसङ ‘ग्यालेक्सी वाच८’ सिरिज : अल्ट्रा कम्फर्ट र व्यक्तिगत स्वास्थ्यको मेल सामसङ नेपालले ग्यालेक्सी जेड फोल्ड७ र जेड फ्लिप७ को प्रि-अर्डर घोषणा नेपालको पहिलो ‘म्याथ म्युजियम’ : एम्बार्क अनम्याथको एक परिवर्तनकारी पहल ८ तरिका जसले घटाउन सकिन्छ स्क्रिन टाइम के एयरफोनले कान बिगार्छ? टिकटकद्वारा २०२५ को पहिलो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक डोङफेङ नामीको चाडपर्व अघि नै विशेष अफर – व्हाई वेट फर द फेस्टिभल? नेपाल टेलिकमको नेटवर्क समस्या समाधान सार्वजनिक स्थानको वाईफाई प्रयोगमा नयाँ नियम: तपाईँको पहुँच र गोपनीयतामा कस्तो असर पर्ला? नेपालकै ठूलो प्रर्दशनी नाइमा नेपाल मोबिलिटी एक्स्पोमा ३५ वटा नयाँ सवारी साधनहरु लन्च हुँदै रिडारा आरडी-६ अब मात्र ९ लाख ९९ हजार डाउन पेमेन्टमा टिकटक बन्यो मिस नेपाल २०२५ को मनोरञ्जन पार्टनर डेबिट कार्डको चिप किन राखिन्छ ? जान्नुहोस् यसको सुरक्षा रहस्य डिशहोमको “३६५ दिन बोनस” योजना सार्वजनिक नेपाली बजारमा सामसुङ ग्यालेक्सी एम३६ फाइभजी सार्वजनिक, इनड्राइभले नेपालमा बाढी र पहिरोबाट पीडितहरूलाई घरहरू हस्तान्तरण गर्यो संस्कृति र खेलकुदको संगमः लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक ग्लोबल आइएमई बैंकका ग्राहकलाई अन्नपूर्ण न्यूरो अस्पतालमा १० प्रतिशत छुट फाइभ–जी नेटवर्क जतिसक्दो छिटो सञ्चालन गर्न मन्त्री गुरुङको निर्देशन
अपडेट

कास्कीमा अनलाइनबाटै मतदाता नामावली दर्ता सुरु

कास्कीमा अनलाइनबाटै मतदाता नामावली दर्ता सुरु
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

५ साउन, कास्की । जिल्लामा आजदेखि अनलाइनमार्फत मतदाता नामावली फाराम दर्ता सुरु गरिएको छ । निर्वाचन आयोगले कास्कीसहित देशका पाँच जिल्लामा अनलाइनबाटै नामावली दर्ताको व्यवस्था गरेपछि प्रदेश निर्वाचन कार्यालय पोखराले अनलाइनमार्फत नामावली दर्ता सुरु भएको जनाएको छ ।

फोटोसहितको मतदाता नामावलीमा हालसम्म नाम दर्ता नगरेका नेपाली नागरिकले अनलाइनबाट फाराम भर्न चाहेमा आयोगको बेवसाइटमा गएर ‘मतदाता नामावली प्रि रजिष्ट्रेशन’मा गई व्यक्तिगत विवरण भरी कार्यालयमा पेश गर्न सकिने प्रमुख निर्वाचन अधिकृत एवं कार्यालय प्रमुख हुमनाथ पराजुलीले बताए ।

उनका अनुसार यसअघि कार्यालयमै उपस्थित भएर फाराम भर्ने र दर्ताको काम भइरहेकामा पछिल्लो समय नाम दर्ता गर्नेको भीड बढेसँगै मतदाता नामावली सङ्कलनको कार्यलाई सरलीकरण गर्न निर्वाचन आयोगले अनलाइन दर्ताको सेवा दिएको हो ।

उनले भने, “मतदाता नामावली दर्ताका लागि भीडभाड भएका कार्यालयमा अनलाइनको व्यवस्था गरिएको हो । यसबाट लामो समय लाइन बस्नुपर्ने बाध्यता हटेको छ, काम छिटो सम्पन्न हुनेछ । हालसम्म नाम दर्ता नगरेका नागरिकले अनलाइन सेवाको उपयोग गरी आफ्नो मताधिकार सुनिश्चित गर्न सक्नुहुनेछ । ”

जुनसुकै ठाउँबाट पनि अनलाइनबाट आफ्नो विवरण पेश गरेपछि सो फाराममा उल्लेखित सङ्केत नम्बरसहितको प्रिन्ट कपीसहित फोटो खिच्न र औँठा छाप दिन कार्यालयमा उपस्थित हुनुपर्ने निर्वाचन कार्यालयले जनाएको छ ।

आयोगले पहिलोपटक गत असार २९ गते राजधानी काठमाडौँ, ललितपुर र भक्तपुरमा अनलाइन दर्ता सुरु गरेको थियो । पछिल्लो पटक कास्कीसहित काभ्रेपलाञ्चोक, चितवन, मोरङ र झापा जिल्लामा सुरु गरिएको हो ।

यसैगरी जिल्लामा स्थानीय तहको निर्वाचनपछि १० हजार हाराहारीमा नयाँ मतदाता थपिएका छन् । स्थानीय तह निर्वाचनको मिति घोषणापछि रोकिएको मतदाता नामावली दर्ता र अद्यावधिक गर्ने कार्य असारदेखि पुनः सुरु गरिएकामा हालसम्म सो सङ्ख्यामा नाम नयाँ दर्ता भएको कार्यालय प्रमुख पराजुलीले बताए ।

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति केही दिनमै घोषणा हुने चर्चाका बीच निर्वाचन कार्यालयमा मतदाता नामावलीमा नाम दर्ता गर्नेको भीड बढेको छ । गाउँगाउँबाट सर्वसाधारण आफ्नो नाम दर्ता र विवरण अद्यावधिक गर्नका लागि कार्यालयमा आउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?