५ साउन, एजेन्सी । टेस्लाले क्रिप्टोकरेन्सीको धेरै जसो होल्डिंगहरू बेचेको छ। गतवर्ष बिटक्वाइनमा ठूलो लगानी गरेको खुलासा गरेर हलचल मच्चाएको टेस्लाले क्रिप्टोकरेन्सीको धेरै जसो होल्डिंगहरू बेचेको जनाएको हो।
इलेक्ट्रिक कार निर्माताले आफ्नो बिटक्वाइनको ७५ प्रतिशत हिस्सा बिक्री गरेको बताएको छ। जसको मूल्य २०२१ को अन्त्यमा करिब २ अर्ब डलर थियो।
क्रिप्टोकरेन्सीको मूल्य यस वर्ष ५० प्रतिशत भन्दा बढीले घटेकोले टेस्ला बिटक्वाइन होल्ड गर्ने रणनीतिबाट पछि हटेको बताइएको छ। टेस्लाले यसको बिटक्वाइन बिक्री गरेर ९३६ मिलियन डलरमा परम्परागत मुद्रा किनेको बताएको छ।
टेस्लाका मालिक इलन मस्क क्रिप्टोकरन्सीको सबैभन्दा हाइ प्रोफाइल व्यक्तिहरू मध्येका एक हुन्। सामाजिक सञ्जालमा उनले गरेका घोषणाहरूले प्रायः महत्त्वपूर्ण व्यापारिक गतिविधिहरू चलाउने गरेका थिए।
२०२१ फेब्रुअरीमा टेस्लासँग १.५ बिलियन डलर बरारबरको विटक्वाइन भएको जानकारी दिइएको थियो। तर, गत नोभेम्बरदेखि बिटक्वाइनको ५०प्रतिशतभन्दा बढीले घटेको छ।