१२ मंसिर २०७९, सोमबार

Logo

अत्यधिक तापक्रम बढेपछि लन्डन डाटा सेन्टरमा गुगल र ओरेकलको कुलिङ सिस्टम फेल



५ साउन, एजेन्सी । मंगलबार बेलायतको धेरैजसो स्थानमा अत्यधिक तापक्रम बढेपछि लन्डन डाटा सेन्टरमा कुलिङ सिस्टम फेल हुँदा टेक जायन्ट गुगल र ओरेकलले समस्या भोगेका छन्।

डाटा सेन्टरहरू ठूला उच्च सुरक्षित भवनहरू हुन् जसले कम्प्युटरहरूको विवरण राख्छन् र धेरै अनलाइन सेवाहरू सञ्चालनका पावरहाउसहरू हुन्। तर केन्द्रित कम्प्युटिङ पावरले यति शक्तिशाली ताप उत्पन्न गर्छन् कि उक्त ताप नियन्त्रण गर्न कुलिङ सिस्टम आवश्यक छ।

अहिले दुवै कम्पनीले अहिले समस्या समाधान भएको बताएका छन्।

एक ठूलो अमेरिकी डाटाबेस सफ्टवेयर र टेक्नोलोजी व्यवसाय ओरेकलले स्थानीय समय ४ बजेभन्दा पहिले ओभरहिटिंग समस्याहरू उत्पन्न भएको रिपोर्ट गर्यो।

त्यस्तै, गुगलले पनि अत्यधिक तापक्रम बढेपछि कुलिङ सिस्टममा समस्या देखिएको रिपोर्ट गरेको थियो। तर, केही समयपछि गुगलले यो समस्या समाधान गरेको थियो।


११ मंसिर, काठमाडाैँ। आगामी माघदेखि मदिरा, चुरोट, गुट्खा र सुर्ती उद्योगले अनिवार्यरुपमा विद्युतीय बीजक

१० मंसिर, एजेन्सी। विद्युतीय कार निर्माता कम्पनी टेस्लाले सिट बेल्टको सम्भावित सुरक्षा जोखिमका कारण चीनबाट

१० मंसिर, काठमाडाैँ। केही समय अघि विश्वभर चर्चित सगरमाथाको क्षेत्रमा खिचिएको भनिएको हिमचितुवाको तस्बिर

१० मंसिर, काठमाडाैँ। गुगल म्यापले नेपाली सडकमा पनि ट्राफिकको अवस्थाबारे रियल टाइममा जानकारी दिन