२० मंसिर २०७९, मंगलवार

Logo

२०२३ को मध्यमा साइबरट्रक सार्वजनिक गर्ने एलन मस्कको घोषणा



५ साउन, एजेन्सी । टेस्लाले उत्पादन गर्ने बहुप्रतिक्षिक गाडी, साइबरट्रक २०२३ मा सार्वजनिक हुने भएको छ। टेस्लाका मालिक एलन मस्कले २०२३ को मध्यमा साइबरट्रक सार्वजनिक गर्ने बताएका छन्।

‘हामी अझै पनि अर्को वर्षको मध्यमा साइबरट्रक सार्वजनिक हुने आशा गरिरहेका छौं’ मस्कले भनेका छन्। ‘हामी त्यो उत्पादनको बारेमा धेरै उत्साहित छौं। यो वास्तवमा हाम्रो सबै भन्दा राम्रो उत्पादन पूर्व संध्या हुन सक्छ।’

अझै अर्को वर्ष सार्वजनिक हुने भनिएता पनि २०१९ बाट नै साइबरट्रकका प्रोटोटाइपहरू भने देखिइसकेका छन्। न्युन विवरणहरूमात्रै सार्वजनिक भएको साइबरट्रकको उत्पादन भने ढिला भइरहेेको छ।

मस्कले भने कि कम्पनीले साइबरट्रकको प्लेटफर्म डिजाइन गर्न र उत्पादनको लागि तयार गर्नमा ध्यान केन्द्रित गरेको छ। टेस्लाले १.१ अर्ब डलर खर्च गरेर बनाएको अस्टिनको फ्याक्ट्रीमा साइबरट्रक उत्पादन गर्ने सोच बनाइरहेको छ।

साइबरट्रक टेस्लाको पिकअप भेरियन्ट हुनेछ। टेक्सास अमेरिकाको ठूलो पिकअप ट्रक बजार हो।


१९ मंसिर, काठमाडाैँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले आइतबार ठूलो परिमाणमा महँगा फोनहरू बरामद

१८ मंसिर, एजेन्सी। एप्पलले हालैक सातामा आफ्नो केही उत्पादन चीन बाहिर सार्न र आपूर्तिकर्ताहरूलाई

१८ मंसिर, काठमाडाैँ। नेपाल विद्युत् प्राधिकरणको पोलमा अव्यवस्थित तरिकाले तानिएका र प्रयोगमा नरहेका तार

१६ मंसिर, काठमाडाैँ। न्युज पोर्टल उकेरामाथि साइबर हमला भएको छ । बिहीबार राति उकेराको