२१ मंसिर २०७९, बुधबार

Logo

उत्तर कोरियाली ह्याकरले चोरेको रकम अमेरिकाका अधिकारीले गरे जफत



५ साउन, एजेन्सी। अमेरिकी न्याय विभागले संदिग्ध उत्तर कोरियाली ह्याकरहरूबाट करिब ५ लाख डलर बराबरको बिटक्वाइन बचाएका छन्।

ह्याकरहरूले स्वास्थ्य सेवा प्रदायकहरूलाई  र्यान्समवेरको नयाँ स्ट्रेनका साथ आक्रमण गरेर विभिन्न रकम लुटिरहेको पाइएको छ।

अमेरिकी अधिकारीहरूले उनीहरूले अस्पतालका दुई समूहहरूलाई लुटिएको रकम फिर्ता गरिसकेको बताएका छन्। अमेरिकी अधिकारीहरूले उत्तर कोरिया ठूलो र्यान्समवेरको खतरा बन्दै गएको चेतावनी दिएपछि यो प्रयास सफल भएको थियो।

मंगलबारको एक सम्मेलनमा उपमहान्यायाधिवक्ता लिसा ओ. मोनाकोले र्यान्समवेर आक्रमणको बारेमा एफबिआईलाई पहिले नै सचेत गराएकोमा कन्सासको एक अस्पतालको प्रशंसा गरिन्।

यसले पिडीतलाई उनीहरूको फिरौती भुक्तानका साथै पहिले अज्ञात पीडितहरूले भुक्तान गरेको फिरौती पुन: प्राप्ति गर्नमा मात्रै सहयोग नगरी नयाँ र्यान्समवेरको स्ट्रेन पत्ता लगाउन पनि मद्दत पुगेको उनले बताइन्।

अदालतका कागजातहरूका अनुसार ह्याकरहरूले मे २०२१ मा कन्सासको मेडिकल सेन्टरका फाइलहरू र सर्भरहरू इन्क्रिप्ट गर्न माउ नामक र्यान्समवेर स्ट्रेन प्रयोग गरेका थिए।

सामान्यतया र्यान्समवेर ह्याकरहरूले डेटा सिस्टम बन्द गर्न वा फिरौती भुक्तान नगरेसम्म प्रयोगकर्ताहरूलाई प्रणालीबाट बाहिर लक गर्न गलत सफ्टवेयर प्रयोग गर्दछन्।


१९ मंसिर, काठमाडाैँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले आइतबार ठूलो परिमाणमा महँगा फोनहरू बरामद

१८ मंसिर, एजेन्सी। हृदय रोग विश्वव्यापी मृत्युको प्रमुख कारण हो । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का

१८ मंसिर, एजेन्सी। एप्पलले हालैक सातामा आफ्नो केही उत्पादन चीन बाहिर सार्न र आपूर्तिकर्ताहरूलाई

१८ मंसिर, काठमाडाैँ। नेपाल विद्युत् प्राधिकरणको पोलमा अव्यवस्थित तरिकाले तानिएका र प्रयोगमा नरहेका तार