६ साउन, काठमाडाैँ । राष्ट्रिय आविष्कार केन्द्रले बनाएको बेबी वार्मर (न्यायो नानी) मेसिनले अमेरिकामा भएको एउटा प्रदर्शनीमा ‘पिपुल्स च्वाइस अवार्ड’ जितेको छ । महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रले बनाएको बच्चालाई न्यानो बनाउने उक्त मेसिनले अवार्ड जित्लन सफल भएको हो।
आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले दिएको जानकारी अनुसार अमेरिकाको नर्थ इस्ट ओहिओ मेडिकल युनिभर्सिटीले गरेको बायो मेडिकल उपकरणको आविष्कार प्रदर्शनीमा नेपालको राष्ट्रिय आविष्कार केन्द्रका इन्जिनियरले बनाएको बेबी वार्मर मेसिनले पिपुल्स च्वाइसको अवार्ड जितेको हो।
पुनले बेबी वार्मर बनाउने इन्जिनियरले अमेरिकाको भिसा नपाएपछि मेसिनलाई कार्गोमार्फत अमेरिका पठाइएको र इन्जिनियरले जुममार्फत भाग लिएको बताए।
यस अवार्डबाट आउँदाे दिनमा आविष्कारको क्षेत्रमा अघि बढ्न अवार्डले हौसला मिलेको पनि पुनले उल्लेख गरेका छन्।