Trending:

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र मितेरी डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकले गर्‍यो कारबाही प्राविधिक शिक्षा अध्ययनका लागि बिनाब्याज पाँच लाख ऋण दिइने खर्बौंको एनसेल ‘तन्नम’ कागजी कम्पनीको कब्जामा: युकेमा दर्ता, सिंगापुरबाट सञ्चालन नेपालभर ‘पठाओ पोइन्ट्स’ र ‘पठाओ पार्सल’ डेलिभरी सेवा सुरू युटयुबको प्रतिबन्धपछि रसियाले गुगललाई गर्‍यो विश्वको जीडीपीभन्दा बढी रकम जरिवाना जागिर खोस्छ भन्ने एआईले उल्टै कर्मचारीको काम किन बढायो ? स्मार्ट च्वाइस् र एनसीएचएलबिच नेपालपे कार्डको लागि समझदारी यस्तो छ वर्ल्डलिंकको राजश्व छलीसम्बन्धीको मुद्दामा सर्वोच्चको फैसला (पूर्णपाठसहित) एनसेलको शंकास्पद कारोवार: हुण्डी र ‘क्रिप्टो’ गरेको आशंका, अनुसन्धान गर्न माग [प्रमाणसहित] मानिसजस्तै सोच्न सक्छ एआईले ? एलजीका उत्पादनहरुमा ४० प्रतिशत सम्मको क्यासब्याक र पक्का उपहार ! औद्योगिक क्षेत्रको आधुनिकीकरणमा एआई अपरिहार्य भइसक्यो : उद्योगमन्त्री आर्टिफिसियल इन्टेलिजेन्ससम्बन्धी राष्ट्रिय नीति बनाएर अघि बढ्ने सरकारको तयारी नेपालमा पहिलो पटक सुरु भएको एआई सम्मेलनको प्रधानमन्त्रीले गरे उद्घाटन दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीविरुद्ध भ्रष्टाचारको उजुरी, अनुसन्धान गर्दै अख्तियार [प्रमाणसहित] विश्वका दुई धनी व्यक्ति मस्क र अम्बानीबीच ‘अन्तरिक्ष इन्टरनेट’ युद्ध ड्रोनबाट सामान ढुवानी एमएडब्लु वृद्धिले सुरु गर्‍यो भक्तपुरमा दिपलको नयाँ सोरुम एनभिडियाले एप्पललाई पछि पार्दै विश्वकै महँगो कम्पनीको स्थानमा कब्जा जमायो Apple Intelligence भनेको के हो, कहिले आउँदैछ र कसले पाउनेछ ? [EXCLUSIVE] एनसेलले यसरी लुटेको थियो ग्राहकबाट अर्बौ रकम: दर्जन गैर-कानूनी गतिविधि, पटक-पटक कारवाही नेपालमा ढुक्क भएर लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई अर्थमन्त्रीको अनुरोध टेक्नोले गर्‍यो नेपाली बजारमा स्पार्क थटी स्मार्टफोन सार्वजनिक विश्वमै पहिलोपटक सामसुङले ल्याउँदै ३ पटक फोल्ड गर्न मिल्ने स्मार्टफोन फोनप्वाइन्ट्ससँग इसेवाको साझेदारी ‘डिजिटल कनेक्टिभिटी’मा नयाँ युगको शुरूआत भएको छ : प्रधानमन्त्री ओली रेड्मी प्याड प्रो फाइभजी र रेड्मी प्याड एसई ८.७ फोरजी ट्याब्लेट सार्वजनिक राष्ट्रिय युवा संघ नेपालले एआई सम्मेलन गर्ने टाटाका एस इभी फ्ल्याटबेड र सिएलभी विद्युतीय गाडीहरु अब इटहरीमा, के छन् त अफर ? इन्टरनेट सेवा प्रदायक रेग्मी मिडिया इक प्रा. लि. को अनुमतिपत्र खारेज ट्रायल पास गरेपछि चालकको मोबाइलमै लाइसेन्स ट्रायल पास गरेपछि अब लाइसेन्स कार्ड आवश्यक नपर्ने उत्तर कोरियाली ‘साइबर अपराधी’लाई जागिर दिएपछि कम्पनीको प्रणाली ह्याक भयो अफलाइन भुक्तानी सेवा ल्याउन राष्ट्र बैंकको कसरत, इन्टरनेट नपुग्ने ग्रामीण भेगलाई पनि समेट्न सकिने कोरला नाकामा टेलिकमको बिटिएस टावर स्थापना भएपछि सहज भारतमा बिक्री घटेपछि नोकियाको समग्र कारोबारमै गिरावट चीनद्वारा नयाँ पृथ्वी अवलोकन उपग्रह प्रक्षेपण ईएस५ इलेक्ट्रिक एसयूभी चीनमा लन्च नागरिक एपबाटै सिंहदरबारको गेटपास लिन सकिने विश्वको सबैभन्दा शक्तिशाली रकेट स्टारसिपको पाँचौं परीक्षण सफल टेस्लाको रोबो ट्याक्सी ‘साइबरक्याब’ सार्वजनिक, के के छन् विशेषता ? फाइभजी सेवा नेपालमा कहिलेबाट शुरू होला? अब एक्स प्रयोगकर्तालाई मस्कले पैसा दिने टिकटकबाट व्यवसाय र सेवामा लाभ उठाउनेबारे कार्यशाला माछापुच्छ्रे बैंकले सञ्चालनमा ल्यायो एम–कार्ड सेवा दशैंभरि सिप्रदीका चार्जिङ्ग स्टेशनमा निःशुल्क चार्जिङ्ग, सर्भिस सेन्टर दशैंमा पनि खुल्ने हुलाक सेवालाई विद्युतीय व्यापार केन्द्र बनाउन सरकार प्रतिबद्ध छः सञ्चारमन्त्री गुरुङ नेपाली बजारमा आइफोन १६ सिरिज सार्वजनिक नेपाल टेलिकमको मोबाइल नेटवर्कमा समस्या फोन नम्बर सेभ नगरिकनै ह्वाट्सएपमा यसरी पठाउन सकिन्छ मेसेज
अपडेट

इनड्राईभरबाट तेश्रो लिङ्गीको विवरण जम्मा गरेर चालकले गरिदिए पोर्न साइटमा अपलोड

इनड्राईभरबाट तेश्रो लिङ्गीको विवरण जम्मा गरेर चालकले गरिदिए पोर्न साइटमा अपलोड
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 1 मिनेट

६ साउन, काठमाडाैँ । सामाजिक सञ्जालमा तेश्रो लिङ्गीको तस्विर र महिलाको सम्पर्क विवरण समेत उल्लेख गरी चरित्र हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–६ बौद्ध बस्ने काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका–५ का इनड्राईभरका ट्याक्सी चालक २४ वर्षीय कर्म वाङ सिङ लामा रहेका छन् । उनलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानको क्रममा कर्मले सामाजिक सञ्जाल फेसबुकमा फेक एकाउन्टमार्फत पीडितको तस्विर अपलोड गरी पीडितका साथीहरूसँग पैसा समेत माग्ने गरेको खुलेको प्रहरीले जनाएको छ ।

सोही फेक एकाउन्ट प्रयोग गरी स्टडी म्याटिरियल नामक म्यासेन्जर ग्रुपमा अर्की पीडित महिलाको पेशा देह व्यापार हो भन्ने आशयका शब्दहरू पोष्ट गरेको समेत खुल्न आएको छ ।

पीडित महिलाले इनड्राईभर नामक राइडर एप्लिकेसन प्रयोग गर्ने क्रममा दिएको नाम, ठेगाना र मोवाइल नम्बर सहितको विवरणको दुरुपयोग गरी पोर्न साइटमा समेत कर्मले पीडितको व्यक्तिगत विवरण सेयर गरेको खुल्न आएको छ ।

पीडितहरूलाई ब्यक्तिगत र सामाजिक रुपमा मानसिक तनाव, दुःख, हैरानी दिई बदनाम गराई चरित्र हत्या गर्ने कार्यमा संलग्न कर्मलाई नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनी उपर विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा मुद्दा दर्ता गरिएको छ । जिल्ला अदालत काठमाडौँबाट ५ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । न्युजकारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?