२१ मंसिर २०७९, बुधबार

Logo

गर्भपतनलाई बढावा दिने सामग्री हटाउने युट्युबको घोषणा



७ साउन, काठमाडाैँ । युट्युबले असुरक्षित गर्भपतनलाई बढावा दिने सामग्री हटाउने बताएको छ। गर्भपतन सुरक्षाको बारेमा झूटा दावीहरू सहित भिडियोहरू यसको गलत सूचना नीतिहरूमा समावेश गरिने युट्युबले बताएको हो।

युट्युबले इन्फरमेसन प्यानलमा स्वास्थ्यबारे तथ्यात्मक सुचना दिने र गलत सुचना दिने भिडियोहरू हटाउने प्रस्ट पारेको हो।

अमेरिकी लैङ्गिक न्याय समूह अल्ट्राभायोलेटले यसले जनस्वास्थ्यलाई जोगाउन मद्दत गर्ने तर प्राविधिक फर्महरूले थप काम गर्नुपर्ने बताएको छ।

गलत सुचनाको महामारीलाई रोक्न र गर्भवती व्यक्तिहरूलाई भरपर्दो प्रजनन स्वास्थ्य जानकारी प्रदान गर्न तत्काल यो कदम चाल्नु आवश्यक भएको अल्ट्राभायोलेटकी सुअन्ना थोमसले बताइन्। अमेरिकी अदालतले गर्भपतनसम्बन्धि आदेश खारेज गरेपछि यो कदम तत्कालै चाल्नु पर्ने पनि बताइन्।

युट्युबले असुरक्षित गर्भपतन विधिको बारेमा सल्लाह दिने र प्रवर्द्धन गर्ने सामग्री हटाउने काम बिहीबारबाट सुरु भएको जानकारी दिएको छ।


१९ मंसिर, काठमाडाैँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले आइतबार ठूलो परिमाणमा महँगा फोनहरू बरामद

१८ मंसिर, एजेन्सी। हृदय रोग विश्वव्यापी मृत्युको प्रमुख कारण हो । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का

१८ मंसिर, एजेन्सी। एप्पलले हालैक सातामा आफ्नो केही उत्पादन चीन बाहिर सार्न र आपूर्तिकर्ताहरूलाई

१८ मंसिर, काठमाडाैँ। नेपाल विद्युत् प्राधिकरणको पोलमा अव्यवस्थित तरिकाले तानिएका र प्रयोगमा नरहेका तार