७ साउन, एजेन्सी। एलन मस्कको स्पेसएक्सले नयाँ रेकर्ड बनाएको छ। स्पेसएक्स्ले एकै वर्षमा सबैभन्दा धेरै रकेट प्रक्षेपण गरेर यसभन्दा अघिको रेकर्ड तोडेको हो।
स्पेसएक्सले शुक्रबार २०२२ को ३२ औं रकेट प्रक्षेपण गरेको छ। ब्रोडब्याण्ड स्याटलाइट इन्टरनेट, स्टारलिंकको प्रयोगका लागि शुक्रबार स्पेसएक्सले फाल्कन ९ रकेट प्रक्षेपण गरेको हो।
यो मिसन कम्पनीको क्यालिफोर्निया प्रक्षेपण स्थल भान्डेनबर्ग स्पेस फोर्स बेसबाट उडेको थियो। स्पेसएक्सले अहिलेसम्म लगभग ३ हजार स्टारलिंक उपग्रहहरू अन्तरिक्षमा प्रक्षेपण गरिसकेको छ।
शुक्रबारको मिसनले स्पेसएक्सलाई वर्षको अन्त्यसम्ममा ५२ अर्बिटल मिशनहरूको लक्ष्यमा पुग्ने गतिमा राख्छ।
अन्तरग्रहीय यात्रालाई सामान्य बनाउन सन् २००२ मा मस्कले स्थापना गरेको कम्पनीले हालैका महिनाहरूमा फाल्कन ९ रकेटको निर्माणबाट आफ्नो फोकसलाई पहिले नै बनाइएको फ्लीटको प्रबन्धनमा केन्द्रित गरेको छ र द्रुत टाइमलाइन अन्तर्गत बूस्टरहरू नवीकरण गर्न पूर्वाधारमा ठूलो लगानी गरेको छ।