८ साउन, एजेन्सी। एलन मस्कले न्यूभो लियोनको व्यापार समर्थक राज्यसँग सम्झौता गरेपछि टेस्लाले दुर्गम अमेरिका-मेक्सिको सीमा क्रसिङमा एक विशेष लेन प्राप्त गरेको बताइएको छ।
मेक्सिकोबाट टेक्सासमा यात्रा गर्ने इलेक्ट्रिक कार कम्पनीका आपूर्तिकर्ताहरूले कोलम्बिया सोलिडारिटी साइटमा आफ्नो क्रसिङको गति बढाउन समर्पित लेन प्रयोग गर्न सक्ने ब्लुकबर्गमा उल्लेख गरिएको छ।
टेस्ला न्यूभो लिओनमा कम्तिमा छवटा आपूर्तिकर्ताहरूमा निर्भर छ। जुन अमेरिकासँग १० माईलको सीमामा छ र अस्टिनमा कार कम्पनीको नयाँ मुख्यालयको नजिक छ। उक्त लेन केवल आपूर्तिकर्ताहरूको लागि मात्रै भएको र टेस्ला मालिकहरू प्रयोग गर्न नपाउने बताइएको छ।
टेस्लाले पाएको यस सुविधाका पछाडी के के शर्तहरू छन् भन्ने यकिन भइसकेको छैन। अमेरिकी अधिकारीहरूका अनुसार अमेरिकी-व्यवस्थित क्रसिङहरूले कुनै पनि कम्पनीको लागि समर्पित लेन प्रस्ताव नगर्ने भएका कारण यो लेन वान वे मात्रै भएको बताइएको छ।
रिभासले ब्लूमबर्गलाई भने अनुसार नुवो लियोन एक इलेक्ट्रो-मोबिलिटी हब बनिरहेको छ।