२१ मंसिर २०७९, बुधबार

Logo

आफ्नै साथीकी श्रीमतीसँग सम्बन्ध विस्तार गरेको एलन मस्कमाथि आरोप



८ साउन, एजेन्सी। एलन मस्कले गुगलका सह-संस्थापक सर्गेई ब्रिनकी श्रीमती निकोल शानाहानसँगको सम्बन्धलाई अस्वीकार गरेका छन् ।

द वाल स्ट्रिट जर्नल द्वारा प्रकाशित एक विशेष रिपोर्टको जवाफ दिँदै टेस्लाका मालिकले उक्त रिपोर्ट पूर्ण रूपमा झुटो भएको बताएका छन्।

‘सर्गेई [ब्रिन] र म साथी हौं र हिजो राती सँगै पार्टीमा थियौं!’ उनले ट्वीटरमा लेखेका छन्। ‘मैले निकोललाई तीन वर्षमा दुई पटक मात्रै देखेको छु, दुवै पटक वरपरका धेरै मानिसहरूसँग। त्यस्तो रोमान्टिक केही छैन ।’

वाल स्ट्रिट जर्नलमा प्रकाशित रिपोर्ट अनुसार मस्कले सम्बन्धका बारेमा एक घुँडा टेकेर गुगलका सह-संस्थापक सर्गेई ब्रिनसँग माफी समेत मागेका थिए।

मस्कको गुगलका सह- संस्थापककी श्रीमतीसँगको अफेयर गत वर्ष मियामी बिचमा भएको एक स्वँक आर्ट फेस्टिभलमा भएको आरोप लगाइएको छ।

आफ्नी श्रीमतीले मस्कसँग लागेर धोका दिएको थाहा पाएपछि ब्रिनले सम्बन्धविच्छेदका लागि निवेदन दिएको पनि रिपोर्टमा उल्लेख छ।

दुई टेक टाइटनहरू लामो समयका साथीहरू हुन्। मस्क वर्षौंसम्म ब्रिनको सिलिकन भ्यालीको घरमा नियमित रूपमा गएको पनि रिपोर्टमा उल्लेख छ।

ब्रिन र शानाहान छुट्टिएका थिए तर डिसेम्बरमा अफेयरको समयमा उनीहरू सँगै बसिरहेको नजिकका व्यक्तिले जर्नललाई बताएका छन्।

९५ अर्ब डलरको सम्पत्ति भएका ब्रिनले जनवरीमा मिलान गर्न नसकिने अवस्था भएको भन्दै सम्बन्धविच्छेदको लागि निवेदन दिएका थिए।

मस्क र शानाहानको सम्बन्ध भएको थाहा पाएको केही हप्तापछि उनले निवेदन दिएका थिए। ब्रिनले आफ्ना वित्तीय सल्लाहकारहरूलाई अर्बपतिहरूबीच बढ्दो तनावको बीचमा मस्कका विभिन्न कम्पनीहरूमा गरेको लगानी खारेज गर्न पनि आदेश दिएको बताइएको छ।


१९ मंसिर, काठमाडाैँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले आइतबार ठूलो परिमाणमा महँगा फोनहरू बरामद

१८ मंसिर, एजेन्सी। हृदय रोग विश्वव्यापी मृत्युको प्रमुख कारण हो । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का

१८ मंसिर, एजेन्सी। एप्पलले हालैक सातामा आफ्नो केही उत्पादन चीन बाहिर सार्न र आपूर्तिकर्ताहरूलाई

१८ मंसिर, काठमाडाैँ। नेपाल विद्युत् प्राधिकरणको पोलमा अव्यवस्थित तरिकाले तानिएका र प्रयोगमा नरहेका तार