९ साउन, एजेन्सी। अफगानिस्तानमा तालिबानले युट्युबरमाथि कुटपिट गरेको छ। तालिबानका व्यक्तिहरूले अजमल हकीकी र उनका तीन सहकर्मीलाई गिरफ्तारपछि क्रुर यातना दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
तालिबानले रमाइलोका लागि कुटपिट र यातना दिएको भिडियो खिचेर ह्वाट्सएपमा राखेको बताइएको छ। अजमल हकीकी र उनका तीन सहकर्मीले इस निन्दा गरेको आरोपमा पक्राउ गरिएको बताइएको छ।
उक्त भिडियो रमाइलाको लागि बनाइएको प्राप्त विवरणमा जनाइएको छ । उक्त आरोप लागेका चारै जनाले माफी मागेता पनि उनीहरूलाई थुनामा राखिएको छ।