१० साउन, पर्सा। एटिएम मेसिन फुटाउँदै गरेको अवस्थामा २ जना पक्राउ परेका छन्। वीरगंज महानगरपालिका-८ स्थित माछापुच्छ्रे बैंकको एटिएम मेसिन फुटाउँदै गरेको अवस्थामा २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा जितपुर सिमराका २५ वर्षीय अजय चाैधरी र कलैयाका २७ वर्षीय राजकपुर चाैधरी रहेको प्रहरीले जानकारी दिएको छ।
उनीहरूले बैंकको एटिएम मेसिन फुटाउँदै गरेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई एटिएम मेसिन फुटाउँदै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
उनीहरू उपर चोरी सम्बन्धी कसूरमा जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप अनुमती लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।