११ साउन, एजेन्सी । कोरोना भाइरसबारे गलत सूचनामा प्रतिबन्ध हटाउने कि नहटाउने भन्ने निर्णय गर्न फेसबुकले आफ्नो सर्वोच्च अदालतमा बहस सुरू गरेको छ।
कम्पनीले पहिलो पटक यस भाइरसको बारेमा झूटा प्रचार गर्ने पोस्टहरूमा विशेष कारबाही गर्न थालेको दुई वर्ष भन्दा बढी भइसकेको छ।
चर्चित सामाजिक सञ्जालले त्यस्ता गलत जानकारीसँग व्यवहार गर्ने तरिका परिवर्तन गर्न विचार गरिरहेको छ जानकारी दिइएको छ।
ग्लोबल अफेयर्सका प्रमुख निक क्लेगका अनुसार विश्वभरका धेरै देशहरूले सामान्य जीवनमा फर्कन खोजिरहेका कारण फेसबुकले नीति परिवर्तन गर्न लागेको हो।