१२ मंसिर २०७९, सोमबार

Logo

३५ करोडमा बिक्री भयो पहिलो अन्तरीक्ष यात्रीले लगाएको एउटा ज्याकेट



११ साउन, एजेन्सी। सन् १९६९ मा मिसन मूनको क्रममा अन्तरिक्षयात्री बज एल्ड्रिनले लगाएको ज्याकेट कीर्तिमानी मूल्यमा बिक्री भएको छ। उक्त ज्याकेट २८ लाख अमेरिकी डलर अर्थात् ४० लाख अष्ट्रेलियन डलरमा बिक्री भएको हो।

यो रकम नेपालीमा रूपान्तरण गर्दा करीब ३५ करोड ७५ लाख हुन्छ।

उक्त ज्याकेटका लागि एक क्रेताले २७ लाख ७२ हजार ५०० अमेरिकी डलरमा खरिद् गरेका हुन्। यो ज्याकेटको लिलामी अमेरिकाको न्युयोर्कमा भएको थियो।

यो बिक्रीलाई ह्यान्डल गर्ने सोथेबीका अनुसार लिलामीमा बेचिएको कुनै पनि अमेरिकी अन्तरिक्ष-उडान सम्बन्धि कपडा लागि भुक्तान गरिएको यो सबैभन्दा उच्च मूल्य हो।

यसका लागि करीब १० मिनेटसम्म चलेको लिलामि प्रक्रिया चलेको थियो।

ज्याकेटमा एपोलो ११ मिसन प्रतीकको माथि बायाँ छातीमा एडविन “बज” एल्ड्रिनको नामको ट्याग र बायाँ काँधमा अमेरिकी झण्डा देखिन्छ।

यो आगो प्रतिरोधी सामग्रीबाट बनेको हो। जसलाई बीटा कपडा भनिन्छ। जुन १९६७ मा अपोलो १ मा सवार तीन अन्तरिक्ष यात्रीको आगोको प्रतिक्रियामा स्पेससूटहरूमा समावेश गरिएको थियो।

एल्ड्रिन र नील आर्मस्ट्रङ जुलाई २०, १९६९ मा चन्द्रमामा हिँड्ने पहिलो अन्तरिक्ष यात्री बनेका थिए।


११ मंसिर, काठमाडाैँ। आगामी माघदेखि मदिरा, चुरोट, गुट्खा र सुर्ती उद्योगले अनिवार्यरुपमा विद्युतीय बीजक

१० मंसिर, एजेन्सी। विद्युतीय कार निर्माता कम्पनी टेस्लाले सिट बेल्टको सम्भावित सुरक्षा जोखिमका कारण चीनबाट

१० मंसिर, काठमाडाैँ। केही समय अघि विश्वभर चर्चित सगरमाथाको क्षेत्रमा खिचिएको भनिएको हिमचितुवाको तस्बिर

१० मंसिर, काठमाडाैँ। गुगल म्यापले नेपाली सडकमा पनि ट्राफिकको अवस्थाबारे रियल टाइममा जानकारी दिन