१२ मंसिर २०७९, सोमबार

Logo

ठमेलमा अनलाइनमार्फत ठगी गर्ने अड्डा, ४ जना पक्राउ



१२ साउन, काठमाडाैँ । काठमाडौं महानगरपालिका–२६ ठमेलबाट विद्युतीय ठगी तथा अनलाईन ग्याम्बलिङमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चिनियाँ नागरिक ४८ वर्षीय सु सुजि समेत ४ जना रहेका छन् । उनीहरुलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी वृत्त लैनचौर र जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले खानतलासी गर्दा विद्युतीय ठगी तथा अनलाइन ग्याम्बलिङ खेलाउन प्रयोग भएका ४ सय ७२ थान मोबाइलसहित उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट २६ थान ल्यापटप, १ हजार ६२० थान एनसेलको सिमकार्ड, २० थान स्मार्टको सिमकार्ड, १० थान पेनड्राईभ र १ लाख ९० हजार रूपैयाँ मूल्य बराबरको एनसेलको रिचार्ज कार्ड पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।

घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ । न्युजकारखाना


१२ मंसिर, काठमाडाैँ। नेपाल स्थित अमेरिकी राजदूतावासले अमेरिकी फोटोग्राफर कितिया पावलोस्कीले सगरमाथा क्षेत्रमा खिचेका

११ मंसिर, काठमाडाैँ। आगामी माघदेखि मदिरा, चुरोट, गुट्खा र सुर्ती उद्योगले अनिवार्यरुपमा विद्युतीय बीजक

१० मंसिर, एजेन्सी। विद्युतीय कार निर्माता कम्पनी टेस्लाले सिट बेल्टको सम्भावित सुरक्षा जोखिमका कारण चीनबाट

१० मंसिर, काठमाडाैँ। गुगल म्यापले नेपाली सडकमा पनि ट्राफिकको अवस्थाबारे रियल टाइममा जानकारी दिन