१३ साउन, एजेन्सी। एप्पलले आइओएस १६ अपरेटिङ सिस्टमको बिटा भर्सन सार्वजनिक गरेको छ। यो अपरेटिङ सिस्टममले पुरानो भन्दा धेरै सुविधा सुधार तथा थप गरिएको छ।
आइओएस १६ मा आइम्यासेज अन्सेन्ड गर्ने समय पनि हेरफेर गरिएको बताइएको छ।
यसका अलावा एप्पलले टिभिओसको चाैथो बिटा १६, वाचओएस ९, म्याकओएस १३ भेन्टुरा र आइप्याडओएस १६ पनि सार्वजनिक गरेको छ।
सपोर्ट गर्ने सबै आइफोनमा आइओएस १६ सबैभन्दा महत्वपूर्ण अपडेट हुने कम्पनीले बताएको छ। नयाँ अपडेटमा स्क्रीन लक भएको समयमा थप डिजाइन राखिएको देखिएको छ।
अहिले बिटा ४ प्रतिक्रियाको अपेक्षा सहित डेभलपरहरूले मात्र प्रयोग गर्न पाउने बताएको छ। यद्यपी, एप्पल डेभलपर सेन्टरबाट चाहेका व्यक्तिहरूले यो भर्सन परीक्षण गर्न पाउने बताइएको छ।