१३ साउन, एजेन्सी। गुगल प्ले स्टोरले १० औं वार्षिक उत्सव मनाएको छ। केही दिनअघि मात्रै १० वर्ष मनाएको प्ले स्टोरले नयाँ लोगो पनि सार्वजनिक गरेको छ।
२०१२ मा सार्वजनिक हुँदा प्ले स्टोर एन्ड्रोइड एपहरूको साझा स्थलमात्रै थियो। तर, १० वर्ष पार गर्दा यसको क्षेत्र फराकिलो बनिसकेको छ।
प्ले स्टोरले १० वर्ष पूरा भएको अवसरमा १० वटा उत्कृष्ट एपहरूको नाम सार्वजनिक गरेको छ। ती एपहरू ‘डिफाइन्ड अ जेनेरेशन’ भनि सुचीकृत गरिएको छ। उक्त सुचीमा भारतीय एपहरूको दबदबा रहेको छ।
१. ह्वाट्सएप
२. शेयरच्याट
३. जियोशावन
४. एफएक्स प्लेयर
५. डिजने प्लस हटस्टार
६. अमेजन इन्डिया
७. फ्लिपकार्ट
८. ट्रुकलर
९. पेटिएम
१०. फोनपे



 
                        
                        
 
                                     
																							 
																							 
																							 
																							 
                                                                         
                                                                         
                                                                         
                                                                         
                                                                         
                                                                         
                                                                        