१४ साउन, एजेन्सी। एलन मस्कले सामाजिक सञ्जाल ट्वीटर विरूद्ध मुद्दा दर्ता गरेका छन्। ट्वीटरले कानुनी लडाइ सुरू गरेपछि मस्कले पनि ट्वीटरविरूद्ध मुद्दा दर्ता गरेका हुन्।
उनले ४४ अर्ब डलरमा ट्वीटर खरिद गर्ने सम्झाैता कार्यान्वयन नगर्ने बताएछि ट्वीटर अदालत गएको थियो।
एलन मस्कले ट्वीटर विरूद्ध १६४ पेज लामो मुद्दा दर्ता गरेका छन्। गोपनियताको हिसाबले अहिले यस सम्बन्धि विवरण सार्वजनिक गरिएको छैन।
डेलावेयर कोर्ट अफ चान्सरीका चान्सलर क्याथलिन म्याककोर्मिकले अक्टोबर १७ देखि सुरु हुने पाँच दिनको सुनुवाइको आदेश दिएपछि मस्कले मुद्दा दायर गरेका थिए।
ट्वीटरले टिप्पणीको लागि अनुरोधलाई तुरुन्तै प्रतिक्रिया नदिएको बताइएको छ।
शुक्रबार नै मस्कविरूद्ध ट्वीटरका शेयर होल्डरले पनि मुद्दा दर्ता गरेको बताइएको छ। तर, उनीहरूले भने मस्कले कर्तव्य उल्लङ्घन गरेको भन्दै क्षतिपूर्ति सहित सम्झाैता कार्यान्वयन नगर्ने आदेश दिन अनुरोध गरेका छन्।
ट्वीटरले अदालतको लडाईलाई राजस्व घटाएको र कम्पनी भित्र अराजकता पैदा गरेको आरोप लगाएको छ।