१४ साउन, एजेन्सी। इन्स्टाग्राम प्रयोगकर्ताको प्रतिक्रियापछि एपमा गर्ने भनेको केही परिवर्तनहरू गर्ने निर्णयबाट पछि हटेको छ।
फोटो र भिडियो सेयरिङ एपलाई टिकटकको सबैभन्दा राम्रो फिचरको नक्कल गरेको भन्ने आरोप लगाइएको थियो। यसै कारण प्रयोगकर्ताहरू एपसँग रूस्ट भएको पनि बुझिएको छ।
इन्स्टाग्रामले बिहीबार एपको परीक्षण संस्करण सहित केही परिवर्तनहरू फिर्ता गरिरहेको जानकारी दिएको छ। जसमा फुल स्क्रिन पोस्ट डिस्प्ले समेत रहेको छ।
साथीहरू र परिवारसँग कुराकानी गर्न प्लेटफर्म प्रयोग गर्ने व्यक्तिहरूले पनि उनीहरूको फिडहरू अनावश्यक भिडियोहरूले भरिएको गुनासो गरेका थिए। सोही कारण अब यो एपमा अनावश्यक भिडियोहरूको अल्गोरिदम पनि हटाउने बताइएको छ।